शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदिप र कुशिका मोडल हन्ट नेपाल विजेता घोषित

आइतबार, २९ भदौ २०७६, १७ : ५१
आइतबार, २९ भदौ २०७६

काठमाडौं– पाल्पा रामपुरका २३ वर्षीय सुदिप वस्ती र काठमाडौं कपनकी १८ वर्षीया कुशिका प्रसाइले ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’ को शीर्ष उपाधि चुमेका छन् । २९ प्रतियोगितालाई पछि पर्दै बस्ती पुरुषतर्फ र २६ प्रतियोगीलाई पछि पार्दै प्रसाई युवती तर्फको विजेता बनेका हुन् । 

शनिबार होटल सोल्टीको प्रेक्षालयमा साँझ आयोजित अन्तिम स्पर्धामा शिर्ष विजेता बनेका दुबैले चाइनामा हुने सुपर मोडल ग्लोव, लक्जरी ब्राण्ड मोडल अवार्ड, मिस्टर एण्ड मिस मोडल वल्र्डवाइड, मिस्टर वसिन, पन फेसन विक, एसिया लाइस्टाइल विक लगायत अन्तर्राष्ट्रिय फेसन तथा मोडलिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न अवसर समेत प्राप्त गरे ।

नेपालकै सर्वाधिक चर्चित र स्तरीय मोडल उत्पादन गर्ने  प्रतियोगिताको रुपमा स्थापित मोडल हन्ट नेपालको यो पाँचौ संस्करण हो । साजसज्जा सहितको भब्य मन्चमा फेसनमय वातावरणसहित आयोजित प्रतियोगितामा सम्सद शाह, ख्याति शर्मा फस्टरनर अप र अमन शाह, एलिना भुजु सेकेन्ड रनर अप चुनिए ।

यो संस्करणसम्म आउँदा प्रतियोगिताको प्रस्तुतिकरण र आयोजनालाई झनै परिष्कृत र स्तरीय बनाउन आफु सफल भएकोमा आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले खुशी व्यक्त गरे । युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले प्रतियोगिता नियमित आयोजना हुँदै नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

परमिता राणा (अभिनेत्री मोडल), उषा खड्गी (पूर्व मिस नेपाल), सृजना रेग्मी (मोडल नायिका), दलजित सुदान (अन्तराष्ट्रिय फेसन डिजाइनर), अभिमन्यु सिंह तमोर ( अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर) प्रतियोगिताको निर्णायकमा रहेका थिए । 

मोडलिङ क्षेत्रलाई व्यवसायिक, व्यवस्थित र विस्तारित गर्ने उदेश्य समेत रहेको प्रतियोगितामा दिविस सिम्खडा, सम्झना रावत बेनिलि मोष्टइस्टाइलिस, रुपेश दहाल, ख्याति शर्मा गल्जब्युटी पार्लर वेष्टपर्सनालिटी, सम्सद शाह र कुशिका प्रसाई फ्लाइटेक वेष्टवाक, अनिल लिम्बु, सिमोना भट्टराई ओखती मिष्टर एण्ड मिस मल्टिमिडिया, केल्भिन कायस्था, विभुसी उपध्याय इविजा पब्लिकच्वाइस्, अमन शाह र विभुति उपाध्याय अयत्ना सोसियल्ली रेस्पोन्सिभल, सुदिप वस्ती, एलिना भुजु निस्चल फोटोग्राफी मोष्ट फोटोजेनिक विजेता बने ।

त्यस्तै हृतिका श्रेष्ठ र कुसुम रसाइली लुक्सकाट मोष्टपपुलर, केल्भिन कायस्था, प्रतिष्ठा थापा क्षेत्री नेस्ट मोडल नेपाल अर्गनाइजर्स चोइस, सुदिप वस्ती र प्रतिष्ठा थापा क्षेत्री सम्भाला वेष्ट फिजिक र फिगर विजेता बन्न सफल भए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप