अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने
काठमाडौं– नेपाल विद्युत प्राधिकरणले चार रुपैयाँ मै विद्युतीय सवारी साधन चार्ज गर्न सकिने बताएको छ । आइतबार बिद्युत प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सिईओ) कुलमान घिसिङले यस्तो बताएका हुन् ।
पछिल्लो समय मुलुकमा विद्युत उत्पादन बढेको र वातावरणीय सुव्यवस्थालाई ध्यानमा राखि विद्युतीय सवारीलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गर्न लागिएको बताएका छन् । विद्युतीय चार्जिङ पोईन्टको नीति बनिसकेको र यसको कार्यन्वयनमा जान लागिएको कार्यक्रममा बताएका छन् ।
विद्युतीय सवारी चार्जका लागि बिशेष रात्रिकालिन समयलाई व्यवस्था गर्न लागिएको घिसिङले जानकारी गराएका छन् । विद्युतीय चार्जिङ पोईन्ट वा चार्जिङ स्टेसन जोकोहीले पनि राख्न सक्ने तर बिद्धुत प्राधिकरणले लिएको महसुलको अधिकतम २० प्रतिशत सम्म उपभोक्ताहरुसँग लिन पाउने प्राधिकरणले बताएको छ ।
यसले पेट्रोलियम सवारी साधन भन्दा ८० प्रतिशत खर्च सम्म कम आउने प्राधिकरणले जनाएको छ ।
घरबेटीलाई डेरावालसङ्ग बढी शुल्क नलिन विद्युत प्राधिकरणको चेतावनी
नेपाल विद्युत प्राधिकरणले घर भडामा बस्ने सङ्ग बढि भाडा नलिन चेतावनी दिएको छ । आइतबार प्राधिकरणको विगत तीन बर्षको उपलब्धि र भावी कार्ययोजनाका बारेमा गरिएको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङले घरबेटीलाई विद्युतको ब्यापार नगर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘घरबेटीले विद्युतको व्यापार गर्न पाउँदैनन्। त्यस्तो भएको अवस्थामा प्राधिकरणले हस्तक्षेप गर्न सक्छ । १३ रुपैयाँ युनिट तिरेर २० रुपैयाँ लिन पाउँदैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिष्टल प्यालेससँग हार्यो म्यान्चेस्टर युनाइटेड
-
आर्सनलले म्यान्चेस्टर सिटीलाई फराकिलो अन्तरले हरायो
-
सवारी दुर्घटना : एकै जिल्लामा ३८ जनाको मृत्यु
-
६ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब बराबरको रेमिट्यान्स
-
रातोपाटी ब्रिफिङ् : पूर्वराष्ट्रपति भण्डारीको बढ्दो राजनीतिक सक्रियतादेखि नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक दर्तासम्म
-
भीमदत्त नगर सभापति कलौनीको अन्त्येष्टि