शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

आइतबार, २९ भदौ २०७६, १५ : १३
आइतबार, २९ भदौ २०७६

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले चार रुपैयाँ मै विद्युतीय सवारी साधन चार्ज गर्न सकिने बताएको छ । आइतबार बिद्युत प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सिईओ) कुलमान घिसिङले यस्तो बताएका हुन् ।

पछिल्लो समय मुलुकमा विद्युत उत्पादन बढेको र वातावरणीय सुव्यवस्थालाई ध्यानमा राखि विद्युतीय सवारीलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गर्न लागिएको बताएका छन् । विद्युतीय चार्जिङ पोईन्टको नीति बनिसकेको र यसको कार्यन्वयनमा जान लागिएको कार्यक्रममा बताएका छन् । 

विद्युतीय सवारी चार्जका लागि बिशेष रात्रिकालिन समयलाई व्यवस्था गर्न लागिएको घिसिङले जानकारी गराएका छन् ।  विद्युतीय चार्जिङ पोईन्ट वा चार्जिङ स्टेसन जोकोहीले पनि राख्न सक्ने तर बिद्धुत प्राधिकरणले लिएको महसुलको अधिकतम २० प्रतिशत सम्म उपभोक्ताहरुसँग लिन पाउने प्राधिकरणले बताएको छ ।

यसले पेट्रोलियम सवारी साधन भन्दा ८० प्रतिशत खर्च सम्म कम आउने प्राधिकरणले जनाएको छ ।

घरबेटीलाई डेरावालसङ्ग बढी शुल्क नलिन विद्युत प्राधिकरणको चेतावनी 

नेपाल विद्युत प्राधिकरणले घर भडामा बस्ने सङ्ग बढि भाडा नलिन चेतावनी दिएको छ ।  आइतबार प्राधिकरणको विगत तीन बर्षको उपलब्धि र भावी कार्ययोजनाका बारेमा गरिएको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङले घरबेटीलाई विद्युतको ब्यापार नगर्न आग्रह गरेका हुन् । 

उनले भने, ‘घरबेटीले विद्युतको व्यापार गर्न पाउँदैनन्। त्यस्तो भएको अवस्थामा प्राधिकरणले हस्तक्षेप गर्न सक्छ । १३ रुपैयाँ युनिट तिरेर २० रुपैयाँ लिन पाउँदैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप