केन्द्रीय संस्करण

सुविधासम्पन्न अस्पताल स्थानीय तहलाई हस्तान्तरण

person explore access_timeभदौ २९, २०७६ chat_bubble_outline0

दोलखा– दोलखाको वैत्येश्वर गाउँपालिका–५ मैनापोखरीमा सञ्चालनमा रहेको हिमालयन केयर हेन्सको स्वामित्वमा सही हिमालयन स्वास्थ्य सहकारीले व्यवस्थापन गर्दै आएको  सुविधासम्पन्न हिमालय केयर अस्पताल स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । 

अस्पताल रहेको पाँच रोपनी जग्गा भौतिक संरचना तथा अस्पतालको उपकरणसहित  ६ करोड मूल्य बराबरको सामग्रीसहित अस्पताल वैत्येश्वर गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । 

सम्पूर्ण संरचना तथा उपकरणहरुसहित गाउँपालिकाको नाममा पास गरी जग्गाधनी पुर्जासहित सम्पूर्ण स्वामित्व गाउँपालिकाको हुने गरी हस्तान्तरण भएको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।
संस्थाले सञ्चालन गरिरहेको अस्पताल गाउँपालिकाले नै आफ्नो स्वामित्वमा सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।

गाउँपालिकाभित्र अन्य अस्पताल नभएको र सामान्य जाँच गराउनका लागिसमेत जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेकामा जटिल समस्याबाहेक अन्य सबै सुविधा सहज तरिकाले पाउन सकिने वैतेश्वर गाउँपलिकाका स्वास्थ्य शाखाप्रमुख देवलाल तामाङले बताए । 

अस्पतालबाट जिल्लाको जुङ्गु, झयाकु, क्षेत्रपा, नाम्दु, काव्रे, गैरिमुदी, मिर्गे ठूलोपातल लगायतका नागरिकले स्वास्थ्य सुविधा लिँदै आएका छन् । स्वास्थ्य आम नागरिकको मौलिक अधिकार भए तापनि गाउँपालिकाका नागरिकलाई भरपर्दो स्वास्थ्य सेवा दिन नसकिरहेको अवस्थामा गाउँपालिकाकै स्वामित्वमा व्यवस्थित तरिकाले अस्पताल सञ्चालन गर्न थालिएको गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...