शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब चेक नकाटी तुरुन्तै भुक्तानी : आरटिजिएसको औपचारिक उद्घाटन

आइतबार, २९ भदौ २०७६, १३ : १६
आइतबार, २९ भदौ २०७६

नेपाल राष्ट्र बैङ्कले आजबाट औपचारिक रुपमै रियल टाइम ग्रस सेटलमेन्ट ( आरटीजीएस) प्रणाली लागु भएको घोषणा गरेको छ । यो सँगै चेक नकाटी तुरुन्तै भुक्तानीको व्यवस्थाको शुरुवात भएको छ ।

आरटीजीएसको उद्घाटन गर्भनर डा. चिरञ्जीवि नेपाल र लर्ड मेयर अफ लण्डनका पिटर एलिष्टनले संयुक्त रुपमा गरेका हुन् । युके एडको सहयोगमा यो प्रणाली शुरु भएको हो । प्रणली तयार हुन १८ महिना लागेको छ ।


कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा २० करोड लाइभ ट्रान्जेक्सन गरेर आरजीटिएसको सुरुवात गरेका थिए ।

राष्ट्र बैङ्कका अनुसार २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक नकाटी रियल टाइम भुक्तानी हुनेछ । राष्ट्र बैङ्कले यही भदौ १९ गते आरटीजीएस नियमावली ल्याएको थियो । सोही अनुसार  २० गते निर्देशन दिँदै २४ गतेभित्र कार्यान्वयन गर्न निर्देशन दिएको थियो । अहिले २८ वटै वाणिज्य बैङ्कहरु यो प्रणालीमा आइसकेका छन् ।

२ लाख रुपैयाँ भन्दा बढी भुक्तानी गर्दा आरटिजिएस लागु स्वेच्छिक र २० लाखभन्दा बढी भुक्तानी गर्दा आरटिजिएस अनिवार्य लागु गर्नुपर्ने राष्ट्र बैङ्कले यसअघि नै स्पष्ट पारिसकेको छ ।

वि.सं. २०७१ साउन ४ मा नेपाल पेमेन्ट सिस्टम जारी भएको थियो  । केन्द्रिय बैङ्कको तेस्रो रणनीतिक योजनामा नेपाल राष्ट्र बैङ्कमा आरटीजीएस स्थापना गर्ने उल्लेख भएको थियो ।

२०७३ साउन ३२ मा आरटिजिएस, सिडिएस र राष्ट्रिय भुक्तानी प्रणालीको अध्ययन गर्न कार्यदल गठन भयो । सो  कार्यदलले  सोही बर्षको चैतमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि ०७४ साउन २२ गते आरटिजिएस स्थापना गर्ने सम्बन्धमा युकेएड सक्षमलाई टिओर उपलब्ध गराइएको थियो ।

यो विभिन्न चरणसँगैको लामो प्रक्रिया पछि अन्तत प्रणाली कार्यान्वयनमा आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप