दाहालले मागे पार्टीमा एकल नेतृत्व

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्लामा उनले नेतृत्वका लागि विश्वास गर्न कार्यकर्तासमक्ष आग्रह समेत गरे ।
संविधानसभा सदस्य गौरीशंकर खड्काको स्मृतिमा गठित प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै उनले कार्यकारी अधिकारसहितको पार्टी अध्यक्ष हुने संकेत समेत गरे । पूर्व एमाले निकट कार्यकर्तालाई लक्षित गर्दै अध्यक्ष दाहालले जननेता मदनभण्डारी आफ्नो सहकर्मी राजनीतिकज्ञ भएको र विगतमा पूर्वएमाले शीर्ष नेतृत्वलाई आफै प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको स्मरण गर्दै उनले नेतृत्वका लागि आफूमाथि विश्वास गर्न आग्रह गरे ।
‘जननेता मदन भण्डारी एउटा कम्युनिष्ट पार्टीको महासचिव हुनुहुन्थ्यो, म अर्को पार्टीको,’ अध्यक्ष दाहालले भने,‘ उमेर म उहाँजति नभएपनि हाम्रो दर्जा उस्तै थियो । त्यहाँदेखि अहिलेसम्म मेरा क्रियाकलाप र गतिविधि नियाल्न म यहाँहरुलाई आग्रह गर्दछु ।’ यो समाचार नागरिक दैनिकमा भीम चापागाई र युवराज विवशले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनका कार्यक्रम स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
-
सुन तस्करी विवादमा मुछिएका सहसचिव अधिकारीको बागमती प्रदेशमा सरुवा
-
प्रधानमन्त्री ओली र फुटबल लिजेन्ड रोबर्टो कार्लोसबिच भेट (तस्बिरहरु)
-
प्रतिनिधिसभाको बर्खे अधिवेशनका बैठक शनिबार बाहेक सबै दिन बसाल्न प्रस्ताव
-
राजदूतद्वय नेपाल र पण्डितलाई माल्टा र साइप्रसको पनि जिम्मेवारी
-
प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघबाटै पठाइने