शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध एयरको १३ औं जहाज काठमाडौं आइपुग्यो

शनिबार, २८ भदौ २०७६, २० : ४४
शनिबार, २८ भदौ २०७६

काठमाडौं- बुद्ध एयरलाईन्सले आज थप एक ATR-72 जहाज भित्र्याएको छ । चेन्नाईबाट उडेको सो जहाज त्रिभुवन विमानस्थलमा २ बजेर ४0 मिनेटमा अवतरण गर्यो । यससँगै बुध्द एयरको जहाज संख्या १३ पुगेको छ भने ATR-72 जहाजको संख्या ८ पुगेको छ । बुद्ध एयरसँग अर्को ३ वटा ATR-42 र २ वटा बीच १९०० ‘डी’ जहाज रहेको छ । बुद्धले थप अर्को जहाज अक्टोबर महिनामा भित्र्याउन लागेको छ ।

नयाँ जहाजबाट बुद्ध एयरले दशैंअघि नै उडान थाल्नेछ । आउँदा दिनहरुमा थुप्रै चाँडपर्व दशैं, तिहार र छठका कारण यात्रुहरुलाई आउजाउ गर्न सजिलो हुने कम्पनीले जनाएको छ । थपिएको जहाजले नियमित मर्मत सम्भारमा सघाउ पुग्ने र उडानहरु नियमित तथा विलम्वलाई छोट्याउन सहयोग पुर्याउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप