बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लिभरपुलको अपराजित यात्रा जारी

शनिबार, २८ भदौ २०७६, २० : ३२
शनिबार, २८ भदौ २०७६

एजेन्सी-लिभरपुलले इङ्लिश प्रिमियर लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ३–१ गोलले हरायो । यससँगै लिभरपुलले न्युक्यासलविरुद्ध एकसयौंं खेलसम्म अपराजित यात्रा पनि कायम राखेको छ । घरेलु मैदानमा लिभरपुलले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो ।

 लिभरपुलको जितमा साडियो मानेले दुई गोल गरे । मोहमद सलाहले एक गोल गरे । न्युक्यासलका जेट्रो विलिम्सले एक गोल गरे । खेलमा सुरुवाती अग्रता न्युक्यासलले लिएको थियो । सातौं मिनेटमा जेट्रोले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाए । २८ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए ।

४० औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई अगाडी बढाए । त्यसपछि ७२औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाए । जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले पाँच खेलबाट १५ अंक बनाएको छ । न्युक्यासलको समान खेलबाट चार अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप