न्यु मिलेनियम कलेजले जित्यो इन्टर कलेज फुटसल, पुरस्कारमा १ लाख ५० हजारको टुर प्याकेज
काठमाडौं- प्ले नेपालको आयोजनामा काठमाडौंमा सम्पन्न स्काइ बर्ड प्याराग्लाइडिङ इन्टर कलेज फुटसलको उपाधि मिलेनियम कलेजले जितेको छ । विजेता टिमले एक लाख पचास हजार बराबरकोे टुर प्याकेज प्राप्त गरेका छ्न् । जसमा स्काइ बर्ड प्याराग्लाइडिङको तर्फबाट पाराग्लाइडिङसहित काठमाण्डौ पोखरा दुई तर्फि यातायात र खाने बस्ने सुविधा रहेको छ ।
प्रतियोगिता निकै राम्रो खेलेको एपेक्स कलेज फाइनलमा राम्रो प्रदर्शन गर्न नसक्दा उप बिजेतामा चित बुझाउन बाध्य भयो । उप बिजेता टिमले धुलिखेल जिपलाइनको तर्फ बाट पचास हजार बराबरको टुर प्याकेज प्राप्त गरेको छ ।
भदौ २७ गते सम्पन्न एकदिने फुटसल प्रतियोगितामा काठमाडौंका ३२ कलेजहरू सहभगी भए । प्रतियोगितामा अहिले पढ्दै गरेका प्लस टु देखि स्नात्तकोतर सम्मका विद्यार्थीले खेलेका थिए ।
उत्कृष्ट गोलरक्षक नबोदित कलेजका निशान राम्जाली र उत्कृष्ट खेलाडी न्यु मिलेनियम कलेजका कर्फु रसाइलिले द लास्ट रिसोर्टको तर्फ बाट बन्जी सहित दुईतर्फि यातायात र खाने बस्ने प्याकेज प्राप्त गरेको प्रतियोगिता संयोजक प्रकाश बस्नेतले बताए ।
धन्यन्तरी फुटसल हाँडीगाँउमा सम्पन्न प्रतियोगिता प्ले नेपालले हरेक वर्ष गर्दै आएको फुटसलको पाँचौ संस्करण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरानमा
-
प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस
-
अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता रोममा हुने
-
झरिमा जनजीवन (तस्बिरहरु)
-
वैशाखमा ५ फिल्म : ऐतिहासिक ‘जार’देखि सामाजिक कथाको ‘झिल्को’सम्म
-
बागमतीका निलम्बित मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी आइतबार