शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्यु मिलेनियम कलेजले जित्यो इन्टर कलेज फुटसल, पुरस्कारमा १ लाख ५० हजारको टुर प्याकेज

शनिबार, २८ भदौ २०७६, १९ : ४९
शनिबार, २८ भदौ २०७६

काठमाडौं- प्ले नेपालको आयोजनामा काठमाडौंमा सम्पन्न स्काइ बर्ड प्याराग्लाइडिङ इन्टर कलेज फुटसलको उपाधि मिलेनियम कलेजले जितेको छ । विजेता टिमले एक लाख पचास हजार बराबरकोे टुर प्याकेज प्राप्त गरेका छ्न् । जसमा स्काइ बर्ड प्याराग्लाइडिङको तर्फबाट  पाराग्लाइडिङसहित काठमाण्डौ पोखरा दुई तर्फि यातायात र खाने  बस्ने  सुविधा रहेको छ ।

प्रतियोगिता निकै राम्रो खेलेको एपेक्स कलेज फाइनलमा राम्रो प्रदर्शन गर्न नसक्दा उप बिजेतामा चित बुझाउन बाध्य भयो । उप बिजेता टिमले धुलिखेल जिपलाइनको तर्फ बाट पचास हजार बराबरको टुर प्याकेज प्राप्त गरेको छ ।

भदौ २७ गते सम्पन्न एकदिने फुटसल प्रतियोगितामा काठमाडौंका ३२ कलेजहरू सहभगी भए । प्रतियोगितामा अहिले पढ्दै गरेका प्लस टु देखि स्नात्तकोतर सम्मका विद्यार्थीले खेलेका थिए ।

उत्कृष्ट गोलरक्षक नबोदित कलेजका निशान राम्जाली र उत्कृष्ट खेलाडी न्यु मिलेनियम कलेजका कर्फु रसाइलिले द लास्ट रिसोर्टको तर्फ बाट बन्जी सहित दुईतर्फि यातायात र खाने  बस्ने प्याकेज प्राप्त गरेको प्रतियोगिता संयोजक प्रकाश बस्नेतले बताए ।

धन्यन्तरी फुटसल हाँडीगाँउमा सम्पन्न प्रतियोगिता प्ले नेपालले  हरेक वर्ष गर्दै आएको फुटसलको पाँचौ संस्करण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप