केन्द्रीय संस्करण

अफगानिस्तानमा ४१ तालिवान लडाकूद्धारा आत्मसमर्पण

person explore access_timeभदौ २८, २०७६ chat_bubble_outline0
file photo

काबुल-अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष ४१ तालिबान लडाकूहरुले आत्मसमर्पण गरेका छन् । देशको उत्तरी प्रान्त तखारमा लडाकूहरुले आत्मसमर्पण गरेका गृह मन्त्रालयद्वारा शनिबार जानकारी दिएका छन् । 

स्थानीय नेता र जिल्लाका प्रहरीको पहलमा तखार प्रान्तको वार्साज जिल्लामा ती लडाकूहरुले सरकारी सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका हुन,” मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

आफूहरुसँग भएको हातहतियार पनि उनीहरुले सुरक्षा अधिकारीहरु बुझाएका जारी वक्तव्यमा जनाइएको छ ।  ती तालिबान लडकूहरु छिमेकीमा पर्ने बादख्शान प्रान्तको कुरान वा मुन्जान जिल्लामा पनि सक्रिय रहेका बताइएको छ  ।

अफगानिस्तान सरकारले सन् २०१० देखि नै तालिबान लडाकूहरुका लागि शान्ति तथा पुनस्र्थापना प्रक्रिया सुरु गरेको थियो । प्रक्रिया शुरु भएदेखि अहिलेसम्म दश हजार भन्दा बढी तालिबान लडाकू शान्ति तथा पुनस्र्थापना प्रक्रियामा सहभागी भएको अधिकारीहरुले जनाएका छन् ।

यही महिनाको शुरुमा झण्डै १५० तालिबान लडाकू तथा इस्लामिक स्टेट (आइएस) लडाकूले पनि कुनार प्रान्तमा आत्मसमर्पण गरेका थिए ।-सिन्ह्वा

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...