अर्थव्यवस्था कमजोर भएपनि भारतको आर्थिक वृद्धि चीनभन्दा बढी हुनेछ : आइएफएफ

एजेन्सी – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफएफ)ले बिहिबार भारतको आर्थिक वृद्धिदरको संशोधित प्रक्षेपण सार्वजनिक गरेको छ । आइएमएफका अनुसार भारतीय आर्थिक वृद्धिदर पहिले अनुमानभन्दा कम हुनेछ । तर आर्थिक वृद्धिदर अनुमान गरिए कम भए पनि भारतीय आर्थिक वृद्धिदर चीनकोभन्दा निक्कै बढी हुने आइएमएफले बताएको छ ।
उसका अनुसार भारत अझै ठूला अर्थतन्त्रमध्य सबैभन्दा तीव्र विकास गर्ने देश बनिरहनेछ । आइएमएफका प्रवक्ता गैरी राइसले यसबारे प्रष्ट पार्दै भने ,‘करपोरेट एवम पर्यावरणीय नियामकको अनिश्चितता एवम् केही गैर–बैंङ्किङ वित्तिय कम्पनीको कमजोरीको कारण भारतमा वर्तमान आर्थिक वृद्धि आशा गरिएभन्दा निक्कै कमजोर छ ।’
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (अप्रिल–जून)मा भारतको आर्थिक वृद्धिदर पछिल्लो सात वर्षकै सबैभन्दा न्यून ५ प्रतिशत रह्यो । अघिल्लो वर्ष यही अवधिमा भारतको आर्थिक वृद्धि दर ८ प्रतिशत थियो ।
आइएमएफको रिपोर्टमा भारतको आर्थिक वृद्धिदर यो वर्ष ७.५ प्रतिशत हुने भनेर पहिले प्रक्षेपण गरिएकोमा अहिले यसमा ०.३ प्रतिशत कटौती गरिएको छ । अर्थात आइएमएफका अनुसार अब भारतको आर्थिक वृद्धि दर ७.२ प्रतिशत हुनेछ ।
आर्थिक वृद्धि दरको प्रक्षेपणमा कमी आउनुको कारण घरेलु मागको कमी रहेको आइएमएफको बताएको छ । भारत सरकारले केहीअघि तथ्याक जारी गरेको थियो जस अनुसार निर्माण तथा कृषि क्षेत्रमा गिरावट आएको कारण आर्थिक वृद्धिदर कमी आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
-
माछा मार्न गएका युवककाे मृत्यु
-
ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो
-
भीमबहादुर तामाङको स्मृतिमा भलिबल प्रतियोगिता
-
नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र निष्कासन