बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटका तीन जना खेलाडी सम्मानित

शनिबार, २८ भदौ २०७६, १६ : २७
शनिबार, २८ भदौ २०७६

रौतहट – रौतहटस्थित नेपाल खेलकुद क्लव चन्द्रपुरले शनिवार एक समारोहकाबीच जिल्लाका तीजना खेलकर्मीलाई सम्मान गरेको छ । क्लवको दोस्रो साधारणसभाको अवसरमा क्लवले नेपाल फुटबल संघ प्रदेश २ का संयोजक नेपाल कार्की, नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष तथा स्वयमसेवक प्रशिक्षक अशोक पहाडी ,पुर्व फुटबल खेलाडी खर्क आलेलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

संघिय सांसद अन्तरगतको विकास समिति सभापति कल्याणी खड्काले तीनैजनालाई कदरपत्र र दोसल्ला आढाएर सम्मान गरेकी थिइन् । रौतहट जिल्लामा कराते खेल र फुटबल खेलको विकासमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै क्लवले सम्मान गरेको क्लवका महासचिव बाबुराम दाहालले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप