दुईजना नयाँ बिरामीसँगै रौतहटमा डेङ्गुको रोगी १३ पुग्यो
रौतहट । रौतहटको मध्यभागस्थित कटहरिया नगरपालिकामा दुईजना नयाँ बिरामी डेङ्गुको रोगी फेला परेसँगै डेङ्गु संक्रमितको संख्या १३ पुगेको छ ।
देशभरी महामारीको रुपमा डेङ्गु रोग फैलिरहेको अवस्थामा कटहरिया नगर क्षेत्रमा डेङ्गु रोगबाट संक्रमित बिरामीको संख्या ३ पुगेको छ भने जिल्लाभरीमा बिरामीको संख्या १३ पुगेको बताइएको छ ।
कटहरियामा फेला परेको डेङ्गुका नयाँ रोगी दुवैजना हेटौंडास्थित कक्षा ११ मा अध्ययनरत छात्र सचिन कुमार दास र राजन कुमार दास रहेका छन् ।
केहीदिन अघि आफ्ना घर कटहरिया–४ बलिरामपुर भन्दै आएका सचिन दासलाई तीन, चार दिनदेखि उच्च ज्वरोले च्यापेको थियो । लगातार ज्वरो आएपछि डेङ्गुको आशंका लागि रगत चेकजाँच गराउँदा डेङ्गु रोग लागेको भेटिएपछि उनलाई तत्कल उपचारका लागि काठमाडौँ पठाइएको उनका बाबु विजय दासले बताए ।
त्यसैगरी हेटौँडामा पढ्ने क्रममा उच्च ज्वरो आएपछि रगत जचाउँदा डेङ्गुको संक्रमण भएको प्रमाणित अर्का विद्यार्थी राजन दासलाई आफ्नो घर कटहरिया–५ टोलापुर ल्याइएको छ ।
उनलाई प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका डाक्टर अर्पणलाल कर्णको सल्लाह अनुसार स्थानीय स्तरमै उपचार भइरहेको उनका बाबु रामेश्वर दासले बताए ।
यसअघि नै कटहरिया–७ बलुवामा एकजना, चन्द्रपुर नगरपालिकामा सातजना, मौलापुरमा दुईजना, माधव नारायणमा ३ जना गरी १३ जना डेङ्गु रोगबाट संक्रमित फेला परिसकेको जिल्ला अस्पतालका निमित प्रमुख महेश साहले जनाए ।
१३ जना डेङ्गु संक्रमित बिरामीमध्ये मौलापुरका दुईजना संक्रमित बिरामी हाल हेटौँडा बस्दै आएकाले ति दुवैजनालाई जिल्ला अस्पताल गौर पठाइएको मलेरिया सुपरभाइजर नन्देश्वर चौधरीले जानकारी गराएका छन् ।
जिल्लामा डेङ्गु रोगबारे जनचेतनाको अभावमा सर्वसाधारणमा ठूलो त्रास हुने गरेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् खोपले दिएको खुसी
-
बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्यो : प्रधानमन्त्री
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
-
केपी ओली र म सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कारण छैन: देउवा
-
मानिस बिरामी नै हुन नपरोस् भनेर व्यापक प्रयास गरिन्छ : प्रधानमन्त्री
-
कारबाहीको डरले बोल्नै डराउँछन् आवासीय चिकित्सक