बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा मोटरसाइल चोरी गर्ने पठान प्रकाउ

शनिबार, २८ भदौ २०७६, १५ : ५६
शनिबार, २८ भदौ २०७६

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवा क्षेत्रमा मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका –९ का २५ बर्षीय सबिर पठान रहेका छन् । 

भदौ २५ गते दिउँसो करिव ३ देखि ४ बजेको समयमा सिद्धार्थनगर नगरपालिका– १२ प्रहरी टोलमा रहेको प्राइम लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि पार्किङ्ग गरिराखेको लु३६प ४१६८ नम्बरको स्पेलन्डर मोटरसाइकल चोरी गरेको आरोपमा पठानलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल सिद्धार्थनगर नगरपालिका–९ गोलीगढ बस्ने पठानको घरबाट बरामद गरेको रुपन्देहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । 

चोरी भएको उक्त मोटरसाइकलसहित चोरीमा संलग्न पठानलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप