गण्डकीका पूर्वविद्यार्थीद्वारा निःशुल्क स्वास्थय शिविर
मुस्ताङ – गण्डकी आवासीय माध्यामिक विद्यालय पोखराका पूर्वविद्यार्थीहरुले मुस्ताङको मार्फामा आफ्नै खर्चमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । शिविरमा विभिन्न रोगका करिब एक हजार जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको छ ।
गण्डकीका पूर्वविद्यार्थीहरुको संगठन (एक्बोसा) काठमाण्डु र नर्थ अमेरिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको सो विद्यालयका पूर्वविद्यार्थी एवं बैंकर्स लक्ष्मी लामिछाने ढकालले जानकारी दिइन् । उनका अनुसार २६ जना विशेषशज्ञ चिकित्सकको टोलीले मुटु, दम, क्यान्सर, नाक, कान घाँटी, आँखा, दाँत, हाडजोर्नी, पिशाब, स्त्री तथा प्रसूति र थायोराइडजस्ता रोगका बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।
शिविरमा केहीको सामान्य शल्यक्रियासमेत गरिएको उनले जानकारी दिइन् । शिविरमा आएका सबैको अनिवार्य रगत र पिसाब परीक्षण गरिएको थियो । यस्तै केहीले निःशुल्क ईसीजी र ए–क्सरे सेवा समेत पाएका थिए ।
शिविरको उदघाटन गण्डकी स्कुलका पूर्वविद्यार्थी समेत रहेका प्रदेश–४ का सांसद प्रेमप्रसाद तुलाचनले गरेका थिए । तुलाचनले मानव स्वास्थ्य जस्तो पवित्र कार्यमा गण्डकीका विद्यार्थीहरुले पु¥याएको योगदानको प्रशंसा गर्दै समाजका अरुले पनि त्यसबाट शिक्षा ग्रहण गर्नुपर्ने बताए ।
गण्डकी आवासीय माविको पूर्वविद्यार्थीहरुको संगठनकी अध्यक्ष डा. सुजिता हिराचनले आगामी दिनमा समेत यस्ता रचनात्मक र समाजलाई प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रम गरिने जानकारी दिइन् ।
शिविरका लागि आवश्यक रकम पूर्वविद्यार्थी तथा हाल उनीहरु कार्यरत संघसंस्था तथा कार्यालयहरुबाट संकलन गरिएको थियो ।
कार्यक्रममा मुस्ताङका सहकाय प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सामाजिक अगुवा तथा स्थानीय सरकारका प्रतिनिधिको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म