केन्द्रीय संस्करण

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

person explore access_timeभदौ २८, २०७६ chat_bubble_outline0
FILE PHOTO

काठमाडौँ - नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित भएका छन् ।  शनिबार ललितपुरको सातदोबाटोमा भएको निर्वाचनमा जीवनरामले र उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पराजित गरेका हुन् । जीवनरामले १७ मत ल्याए भने उमेशलालले १० मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा ज्योति राणा, चतुरानन्द राजवैद्य, तेजबहादुर गुरुङ, सुनीलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य निर्वाचित भएका छन्। उनीहरुले क्रमशः २६, २२, २०, १८ र १५ मत प्राप्त गरे। यस्तै समिम मियाँ अन्सारीले १२, पुष्पदास श्रेष्ठ र राजीव श्रेष्ठले ११–११ मत ल्याए। 

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी संवैधानिक मर्मविपरीत उपाध्यक्षको प्रत्याशी बनेका थिए। ५ उपाध्यक्ष पदको लागि ८ जनाले उम्मेदवारी दिएका थिए।

महासचिवमा जीवनराम प्यानलबाट उठेका ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ विजयी भएका छन्। उनले १५ मत प्राप्त गरे। उनका प्रतिद्वान्द्वी नेपाल कराँते महासंघका पूर्व अध्यक्ष पुरेन्द्रविक्रम लाखेले १२ मत प्राप्त गरे। निलेन्द्र वर्तमान कमिटीका सदस्य र पुरेन्द्र उपाध्यक्ष हुन्।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.