शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रह्माले बनाएका मान्छे

शनिबार, २८ भदौ २०७६, १३ : ४०
शनिबार, २८ भदौ २०७६

कति फरक छ

मान्छे र मान्छेहरु बीच

म लठ्ठी टेकेर हिँडिरहेथेँ

कसैले मेरो बाटोमा साथ दियो

फेरि अर्को मोडमा

म लठ्ठी टेकेरै हिँडिरहेको थिएँ

सबै आफ्नै सुरमा हिँडिरहेथे ।

कति फरक छ

मान्छे र मान्छेहरुबीच

मान्छे दुःख  देख्दोरहेछ

मान्छेहरु सुखदेख्दा रहेछन्

फेरि कुनै मोडमा

मान्छेसँग जोगले भेट भए

मान्छेसँग कदापि जम्काभेट नभए ।

के गरौँ हे ईश्वर ?

मान्छेलाइ  पर्खौं

कि मान्छेहरुलाई

के गरौँ हे ब्रह्मा ?

मान्छेलाइ पर्खौं

कि मान्छेहरुलाई

यो कस्तो दोधारे मन ?

(भैरव अर्यालको सम्झनामा)

सुवास चौलागाईं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप