श्रीमतीमाथि हिंसा (लघुकथा)
साथीको वेडिङ एनिभर्सरीको पार्टीमा छाद्ने गरी मदिरा पिएर घर फर्कें । रातको ११ बजिसकेको थियो । छोरो सुतिसकेको रहेछ । श्रीमती ओच्छ्यामै पल्टेकी थिइन् । बिरामी रहिछन् । टाउटोमा रूमाल बाँधेकी थिइन् । के भयो भनेर सोध्न मेरो पुरुषत्वले इन्कार गर्यो । खाना खाएकी थिइन् वा थिइनन्, सोध्न मेरो मर्दाङ्गीपनले मानेन । उनको शरीरलाई पल्टेको मुडो ठान्दै ओच्छ्यानको कुनामा पल्टाइ दिएर बिस्तारमा आफ्ना लागि स्थान बनाए ।
‘रक्सी पिएको ?’ उनले आफैसँग भएको उत्तरको प्रश्न गरिन् । मैले जवाफ दिन जरुरी ठानिनँ । नबोली बसेँ । उनी विपरीत फर्की कोल्टे परेर सुतिन् । म उनलाई अँगालो हालेर सुतेँ । सायद उनले सुखद् अनुभव गरिन् । केही बोलिनन् । चुप बसिन् । बिरामी श्रीमतीलाई लोग्नेको न्यानो अँगालो भए पुग्छ । आधा बिरामी त्यसै निको हुन्छ ।
तर उनलाई अँगालो मारिरहदा मेरो मदाङ्गीपन जाग्न थाल्यो । पुरुषत्वपन उम्मलेर आउन थाल्यो । उनले ‘नाई’ भन्दै अस्वीकृति जनाइन् । झनक्क रिस उठ्यो । उनको अस्वीकृतिलाई स्वीकृतिमा बदलिदिएँ । उनलाई धेरै पीडा भयो । आँखाबाट निस्कन नसकेका आँशु प्रष्टै देखिन्थे । तर मेरो मर्दाङ्गीले छोड्न मानेन । मेरो पुरुषत्वले उनको नारी बेदना बुझेन । आफ्नो प्यास मेटेरै छाड्यो ।
भोलिपल्ट बिहान ब्यँुझिँदा श्रीमती ओच्छ्यानमा थिइनन् । हिजोको कुकर्मले मन भत्भती पोल्यो । बाथरुममा गएर पानीमा टाउको भिजाइरहेँ । मन शान्त भएन । शरीर तातेको फलाम जस्तो भइरह्यो । भित्तामा बेस्सरी टाउको ठोकेँ । हातले छातीमा बेस्सरी पिटेँ ।
मन बुझाउनै सकिनँ । बाथरुमबाट निस्केर सीधै पूजा कोठामा गएँ । भगवानसँग पनि लाज लाग्यो । हात पनि मुस्किलले जोडेँ । मुख फोरेर बोल्ने आँट आएन । मनमनै हिजोको कुकर्मका लागि माफी दिन आग्रह गरेँ । अफिस जाने बेला भइसकेको थियो । र्बाकको चाबी लिएर निस्कन खोज्दै थिएँ । श्रीमतीले खाना खान बोलाइन् ।
उनीसामु जाने आँट पनि आएन । किचनमै नहेरी बाहिर निस्कँे । बाइक स्टार्ट गर्दै थिएँ । उनी अगाडि आएर उभिन् । लाजले अनुहार रातो भएर आयो । उनलाई ठाडो गरेर हेर्ने हिम्मत आएन । एक्कासि मन भक्कानिएर आयो । बोल्नलाई कुनै वाक्य आएन । आँखामा त्यसै आँशु टिलपिलाए ।
उनले अचम्म मान्दै सोधिन्– ‘किन रोएको ?’ । जवाफ दिनलाई शब्दहरू घाँटीमै रोकिए । माफी माग्नलाई ‘सरी’ शब्द नै शब्दकोशमा भेटिएन । कसैको प्रवाह नमानी उनलाई गल्र्याम्म अँगालो मारँे अनि बेस्सरी रोएँ । उनले ‘के भयो ?’ भन्ने प्रश्न गरिरहिन् । म रोइरहेँ । उनको महानताका अगाडि मेरा ती सक्कली आँशुहरू पनि तुच्छ भइरहे ।
बलबहादुर थापा मगर
बागलुङ नगरपालिका– १०, भकुण्डे अर्भक
हाल : नक्साल काठमडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओस लगायतका देशमा जान चाहनेहरुका लागि सरकारले जारी गर्यो तीन बुँदे ट्राभल एडभाइजरी
-
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री श्रेष्ठ एक करोड धरौटी राख्दै सर्वोच्चमा
-
टाउकोमा सिलौटाले हानेर श्रीमतीको हत्या
-
टिकटकलाई अझै केही समय अमेरिकामा सञ्चालन गर्न दिने ट्रम्पको संकेत
-
सरकारी डाक्टरलाई कडाइ : कार्यालयमा नबसे अब भोग्नुपर्छ कारबाही
-
भन्सालीको फिल्ममा ओरी