बोधिचित्त ब्यवसायी निर्मल भन्छन्–यो वर्ष धेरै घाटा लाग्यो
काभ्रे– गत वर्ष काभ्रेका बोधिचित्त व्यवसायी निर्मल लामाले सोचेको भन्दा पनि राम्रो आम्दानी गरेका थिए । मेहनत खासै गर्नु नपर्ने र सोचेको भन्दा राम्रो आम्दानी हुने भएपछि उनि खुशी नहुने कुरै भएन । ‘एउटै बोटबाट गतवर्ष ३५ लाख कमाएँ । तर यो वर्ष भने आम्दानी राम्रो भएन ।’ उनि भन्छन् –यतिसम्म कि गत वर्षको भन्दा आधा पनि आम्दानी भएन ।’ यो वर्ष बोधिचित्त मालाबाट उनले झण्डै ढेड लाख मात्रै आम्दानी गरेको बताए ।
उनको आम्दानी घट्नुको कारण बोधिचित्तको दाना लागेका बेला असिना पानीले झारीदिएकाले हो । त्यसो त असिना मात्रै होईन, बोधिचित्तको दाना टिप्ने समयमा धेरै चोर लाग्ने भएकाले पनि राम्रोसँग छिप्पिन नपाउँदै टिप्ने गरिन्छ । उनि भन्छन्– ‘चोरले लानु भन्दा त बरु कलिलैमा टिप्नुनै राम्रो । बोधिचित्त चोरी हुने गरेकाले यो नटिपेसम्म मान्छे राखेर बोट रुग्नुपर्ने बाध्यता हुन्छ । बोधिचित्त जेठ अन्तिम अथवा असार महिनामा टिपिने गरेको उनले सुनाए ।
के हो बोधिचित्त ?
जानकारहरुका अनुसार बोधिचित्त एक जिजिपस जातीमा पर्ने नयाँ बनस्पति हो ।
यसको दानाबाट बनाइएको माला विषेशत बौद्ध धर्मलम्बीहरुले प्रयोग गर्ने गर्छन् । बौद्ध धर्मलम्बीहरुले गुम्बा,मन्दिरहरुमा पूजापाठ गर्दा र आफ्ना हरेक कार्यमा यो मालाको प्रयोग गर्ने गरेका छन् । बोधिचित्तको माला शेर्पा र तामाङ समुदायका व्यक्तिले बढि महत्व दिएर प्रयोग गर्ने गरेको पाईन्छ । नेपालमा पाईने बोधिचित्त मालाको भारत र चीनमा निर्यात हुन्छ । काभ्रेपलान्चोक जिल्लाको तिमालमाबाट सुरु भएको यो माला अहिले व्यवसायीक रुपमा अन्य जिल्लामा समेत रोपिदै आएको छ । यसको माला धेरै महङगो मुल्यमा विक्री हुने भएकाले सुरु सुरुमा यसको उत्पादन गर्नेहरुले राम्रै कमाइ गरेको बताइन्छ ।
‘पहिला वास्ता नगर्ने बोधिचित्त टिप्ने बेलासम्म जोगाउन निकै गाह्रो हुन्छ । मालाको बोटमा नबसे चोरी लाग्ने भएकाले दैनिक बोट रुग्नुपर्छ । यसरी रुग्न बस्दा ४,५ जनाको समुहमा नबसे डाकाँहरुकोले लुटने र पिट्ने गरेको लामाको अनुभव छ ।
मालाको बोटमा सिसि क्यामेरा जडान
पछिल्लो समय काभ्रेमा बोधिचित्तको बोट सुरक्षित गर्न कतिपयले बोटमै सिसि क्यामेरा जडान गरेर राख्ने गरेका छन् । बोटमा मात्रै हाइन यसको ओसारपसार गर्न पनि सुरक्षा अनिवार्य हुने गरेको लामाको भनाइ छ । उनका अनुसार यो माला काठमाडौ ल्याउन पनि स्थानीय प्रहरी प्रशासनको सहयोग नभए बाटोमै लुटिन्छ ।