शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतले दोहोर्‍यायो तल्लो अरुण निर्माणको प्रस्ताव

शनिबार, २८ भदौ २०७६, ०७ : १७
शनिबार, २८ भदौ २०७६

भारतले ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना आफ्नो स्वामित्वमा रहेको कम्पनीलाई दिन आग्रह गरेको छ । 

भारतीय सरकारको लगानी रहेको सतलज निमगले अरुण तेस्रो निर्माण गरिहेको र सोही कम्पनीले ४०० मेगावाटको तल्लो अरुण निर्माण गर्दा सस्तो पर्ने भन्दै भारतीय ऊर्जा राज्यमन्त्री आरके सिंहले यस्तो माग गरेका छन् । 

ऊर्जामन्त्री वर्षमान पुनसहित नेपाली ऊर्जा अधिकारीसँग बिहीबार काठमाडौँमा भएको भेटमा भारतीय ऊर्जा राज्यमन्त्रीले यस्तो आग्रह गरेको भेटमा संलग्न स्रोतले जानकारी दिएको छ । 

तल्लो अरुणको निर्माणको जिम्मा भारतले आग्रह गरेको यो दोस्रोपटक हो । यो समाचार कान्तिपुर दैनिकामा विजय तिमल्सिनाले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप