साँझसँगै टिपरको कब्जामा काठमाडौँ
सडक दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यकाभित्र दिउँसो टिपर चलाउन रोक लगाइएको छ। तर पनि टिपरका कारण हुने दुर्घटनामा कमी आएको छैन। ०७५ असारमा गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो टिपर चलाउन नदिन निर्देशन दिएको थियो। गृहको निर्देशनअनुसार अहिले राति ७ बजेदेखि बिहानसम्म ७ बजेसम्म मात्रै रिङरोडभित्र टिपरले प्रवेश पाउँछन्।
निर्माण कार्यका लागि उपत्यकाबाहिरबाट रोडा, बालुवा, इँटा र ढुंगा बोकेका टिपर बिहान ७ बजेदेखि बेलुकी सात बजेसम्म उपत्यका भित्रिने नाकाममै रोकिने गरेका छन्। साँझ ७ बजेपछि ती टिपर अन्धाधुन्ध गतिमा हुइँकिन्छन्।
नेपाल यातायात व्यवसायी महासंघ मालवाहक सेक्टरका अनुसार काठमाडौं उपत्यकामा दैनिक २ हजार हाराहारीमा टिपर भित्रिने गरेका छन्। धादिङको बेल्खुबाट बालुवा बोकेर आउने थानकोटबाट उपत्यका भित्रिन्छन्। काभ्रेको बनेपा हुँदै रोडा र बालुवा बोकेर आउन टिपर साँगाबाट भित्रिने गरेका छन्।
उपत्यका भित्रिएपछि चालकहरू होसियार नभएकै कारण दुर्घटना बढेको यातायात इन्जिनियर आशीष गजुरेल बताउँछन्। उनका अनुसार उपत्यकाबाहिर जुन तरिकाले टिपर चलाइन्छ यहाँ पनि यति तरिकाले चलाउँदा दुर्घटना घट्न सकेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरैनी तालमा चराको सङ्ख्या घट्यो
-
डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी ?
-
मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब
-
वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड
-
सरस्वती पूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति
-
ट्रम्पको अतिरिक्त महसुलले अमेरिकी भान्सामा महँगिँदैछ तरकारीदेखि बियरसम्म