मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व प्रेस काउन्सिलको महासचिवमा किशोर श्रेष्ठ

शुक्रबार, २७ भदौ २०७६, २२ : ०६
शुक्रबार, २७ भदौ २०७६

काठमाडौं-नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन भएका छन् ।  

अजरवैजानमा शुक्रबार भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट श्रेष्ठ महासचिवमा चयन भएका हुन् । नेपाल प्रेस काउन्सिल विश्व प्रेस काउन्सिलको सदस्य हो । काउन्सिलको अध्यक्षमा प्राडा सुले अकर (साइप्रस), उपाध्यक्षमा अफ्लातुन अमासोभ (अजरबैजान), कोषाध्यक्षमा डा तामेर अताबारुत (टर्की) चयन भएका छन् । 

सो सम्मेलनमा टर्की, भारत, श्रीलङ्का, केन्या, तान्जानिया, जिम्बाब्वे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बङ्गलादेश, साइप्रस, सेसेल्स, मालाबी, म्यान्मासहितका देश सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप