बाँके आक्रमणमा वडाध्यक्ष मल्लविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी

काठमाडौं – बाँकेमा नेपाली काँग्रेसको जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गरिएको भन्दै खजुरा गाउँपालिका – १ का वडाध्यक्ष सुनिल मल्लविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।
शुक्रबार वडाध्यक्ष मल्लविरुद्ध जिल्ला सभापतिका छारोले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। विहिबार बाँकेको सीतापुरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताको आक्रमणबाट जिल्ला सभापति किरण कोइरालासहित अन्य केही घाइते भएका थिए ।
पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा बाँकेको खजुरा नागपालिका २ सीतापुरमा विहिबार आयोजित कार्यक्रम नेकपाका कार्यकर्ताले बिथोल्न खोज्दा झडपमा थियो । झडपमा सभापति कोइरालाको हात भाँच्चिएको छ ।
उक्त घटनामा संलग्न रहेको अरोपमा प्रहरीले रोसनसिंह ठकुरी, लोकबहादुर शाही र निर्मलसिंह खत्रीलाई पक्राउ गरिसकेको छ। यता गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाका दोषीलाई कारवाही गरिने प्रतिवद्धता जनाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छ : प्रचण्ड
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
-
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत