बाँके आक्रमणमा वडाध्यक्ष मल्लविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी
काठमाडौं – बाँकेमा नेपाली काँग्रेसको जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गरिएको भन्दै खजुरा गाउँपालिका – १ का वडाध्यक्ष सुनिल मल्लविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।
शुक्रबार वडाध्यक्ष मल्लविरुद्ध जिल्ला सभापतिका छारोले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। विहिबार बाँकेको सीतापुरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताको आक्रमणबाट जिल्ला सभापति किरण कोइरालासहित अन्य केही घाइते भएका थिए ।
पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा बाँकेको खजुरा नागपालिका २ सीतापुरमा विहिबार आयोजित कार्यक्रम नेकपाका कार्यकर्ताले बिथोल्न खोज्दा झडपमा थियो । झडपमा सभापति कोइरालाको हात भाँच्चिएको छ ।
उक्त घटनामा संलग्न रहेको अरोपमा प्रहरीले रोसनसिंह ठकुरी, लोकबहादुर शाही र निर्मलसिंह खत्रीलाई पक्राउ गरिसकेको छ। यता गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाका दोषीलाई कारवाही गरिने प्रतिवद्धता जनाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो
-
सांसदहरूद्वारा कर्णालीमा दुर्घटना रोक्ने योजनाका लागि सरकारलाई रुलिङ गर्न माग
-
हालान्ड इंग्ल्यान्डका लागि सबैभन्दा ठुलो खतरा
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण