रक्सी भट्टीबाट प्रधानाध्यापकसहित ६ जना अख्तियारको फन्दामा
वीरगञ्ज – शिक्षकको परिक्षामा पास गराइ दिने भन्दै एक जनासँग घुस लिदै गरेको अवस्थामा वीरगन्जको एक रक्सी भट्टीबाट प्रधानाध्यापकसहित ६ जनालाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
अख्तियारको हेटौडास्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका ३१ बेल्वाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सचिन्द्र कुमार कापरसहित ६ जनालाई शुक्रबार साँझ ७ बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा प्रधानाध्यापक कापरसँगै सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो, व्यवस्थापन समितिका सदस्यहरु जमिल मिया , इजलाश मिया र व्यवस्थापन समितिकी सदस्य सबिना खातुनका श्रीमान् नजमुदिन देवान रहेका छन् ।
उनीहरु सबै जना वीरगञ्ज ८ स्थित शीवा हस्पिटल गल्लीमा रहेको रक्सी भट्टीबाट पक्राउ परेका हुन् । गणित विषयको शिक्षक नियुक्तिका लागि विद्यालय प्रशासनले विज्ञापन निकालेको थियो ।
त्यसका लागि शनिबार परीक्षा तोकिएको थियो । उक्त परिक्षामा पास गराइ दिने भन्दै एक जनासँग चिया पसलमा बसेर एक लाख रुपैया लिँदै गरेको अवस्थामा अख्तियारले उनिहरुलाइ घुस रकम सहित पक्रेको हो । उनीहरुलाई अनुसन्धान र कार्वाहीका लागि हेटौडा लगिएको अख्तियारको हेटौडास्थित कार्यालयका अधिकृतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा