आर्मी र पुलिस सेमिफाइनलमा

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आर्मी समूह ‘ए’ बाट तथा पुलिस समूह ‘बी’ बाट विजेताको रुपमा अपराजित रहँदै अन्तिम चारमा पुग्न सफल भए । समूह ‘ए’ बाट अर्काे विभागीय टोली नेपाल एपीएफ क्लब तथा समूह ‘बी’ मा गण्डकी प्रदेश समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भयो ।
अब सेमिफाइनलमा पुलिसले समूह ‘ए’को उपविजेता एपिएफसँग तथा आर्मीले समूह ‘बी’ को उपविजेता गण्डकीसँग खेल्नेछ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा शुक्रबार समूह चरणको अन्तिम खेलमा आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सेटमा हराउदै अपराजित रह्यो ।
एक पक्षीय खेलमाा आर्मीले ढोरपाटनमाथि २५–१४, २५–१९, २५–२२ को सहज जित निकाल्यो ।
यता, निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले शुरुवाती सेट गुमाएर पनि गण्डकी प्रदेशमाथि ३–१ को जित निकाल्न सफ भयो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पुलिसले पहिलो सेट २९–३१ ले गुमाएको थियो । उत्कृष्ट पुनरागमन गरेको पुलिसले दोस्रो सेट २५–१२ ले सहजै आफ्नो पक्षमा पार्दै खेललाई १–१ को बराबरीमा ल्याएको थियो । तेस्रो सेटमा पुलिस खेलमा पछि परेपनि २७–२५ को जित निकाल्दै खेलमा २–१ को अग्रता लिन सफल भयो । चौथो सेटमा पुलिस २५–१९ को सेटमा विजयी भयो ।
शुक्रबारै समूहको खेलमा आयोजक प्रगतिशील युवा नेपालले गल्कोट स्पोर्टस् क्लब टोकियो जापानलाई २५–१९, २९–२७, १९–२५, २७–२५ को सेटमा पराजित गर्दै सन्त्वना जित निकाल्यो ।
प्रगतिशील युवा नेपालको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा एपीएफ र आर्मीसँगै ढोरपाटन स्पोट्र्स ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर छन् ।
समूह ‘बी’ मा आयोजक प्रगतिशील युवा क्लबसँगै नेपाल पुलिस क्लब, गल्कोट युवा क्लब र गण्डकी प्रदेश छन् । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले तीन लाख, तेस्रोले एक लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण
-
ट्रम्पले १ सय ४ प्रतिशत कर लगाएपछि चीनले अमेरिकामाथिको कर ८४ प्रतिशत पुर्याइयो
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’