शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बाँके घटनाका दोषीमाथि कारबाही नभए संसद चल्न नदिने देउवाको चेतावनी

शुक्रबार, २७ भदौ २०७६, १९ : ५४
शुक्रबार, २७ भदौ २०७६

बुटवल – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेमा आफ्ना कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न जोडदार माग गरेका छन् । विहिबार बाँकेको सीतापुरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताको आक्रमणबाट जिल्ला सभापति किरण कोइरालासहित अन्य केही घाइते भएका थिए । उक्त घटनाका दोषीलाई कारबाही नभए संसद अवरुद्ध गर्ने सभापति देउवाले चेतावनी दिएका हुन् । 

पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा बाँकेको खजुरा नागपालिका २ सीतापुरमा विहिबार आयोजित कार्यक्रम नेकपाका कार्यकर्ताले बिथोल्न खोज्दा झडपमा थियो । झडपमा सभापति कोइरालाको हात भाँच्चिएको छ । 

शुक्रबार घोराहीमा विपी कोइरालाको शालिक अनाबरण गर्दै सभापति देउवाले भने, ‘हिजो बाँकेका सभापति किरण कोइराला लगायतमाथि जुन ढंगले आक्रमण भएको छ । यसलाई गम्भीर रुप लिएका छौँ । दोषीमा हदैसम्मको कारबाही नभए यो विषयमा संसद चल्न दिँदैनौँ ।’

उक्त घटनाको विरोध शनिबार विहान देउवासहित उपत्यकाका तीन जिल्ला सभापतिले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै माइतिघर मण्डलामा प्रदर्शन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका थिए ।

सभापति देउवाले दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायमा ल्याई नेकपा कार्यकर्ताको बढ्दो अराजकतालाई रोक्न सरकारलाई आग्रह गरे  । घटनाको सत्य तथ्य बुझ्न सभापति देउवा शनिबार बाँके जाने भएका छन् ।

फरक प्रसंगमा सभापति देउवाले पार्टीलाई भावनात्मक रुपमै एक ढिक्का बनाउने गरी जागरण अभियानलाई सदुपयोग गर्न कार्यकतालाई निर्देशन दिए । 

सरकारलाई खबरदारी र पार्टीभित्र आन्तरिक तथा बाह्य रुपमा एकता भएर अघि बढ्न उनले निर्देशन दिए ।

यो पनि

बाँकेमा काँग्रेस–नेकपाबीच झडप : काँग्रेस बाँकेका सभापतिको हात भाँचियो

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप