शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा मनाउँदा जे देखियो (फोटोफिचर)

शुक्रबार, २७ भदौ २०७६, १९ : १२
शुक्रबार, २७ भदौ २०७६

काठमाडौंको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइएको छ । राष्ट्रपति विद्या भण्डारीले शुक्रबार अपरान्ह काठमाडौंको वसन्तपुरको ग्यालरी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गरेकी हुन् । सो जात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि उपस्थिति रहेको थियो ।
जात्रामा पहिलो पटक विदेशी पाहुनाहरु पनि सहभागी भएका थिए । काठमाडौं महानगरपालिकाको निमन्त्रणमा चीन, भारत, अमेरिका, भुटान र जापानका विभिन्न सहरका मेयरहरु सहभागी भएका थिए । उनीहरुले पनि सो जात्राको अवलोकन गरेका हुन । काठमाडौंको हनुमानढोका दरबारबाट सुरु भएको सो अवलोकन पदयात्रा काष्ठमण्डप, चिकँः मुगल, जैसी देवल, लगनहुँदै बसन्तपुरमा आएर समापन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप