छोराले खेलाएको त्यो लाइटरले बेदप्रसादको बासनै उठायो

-रामहरि श्रेष्ठ
ओखलढुंगा– ओखलढुंगामा छोराले खेलाएको लाइटरबाट घरमा आगलागी हुँदा साढे तीन लाख बराबरको क्षति भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका १० बेतिनीमा स्थानीय बेदप्रसाद धमलाको घरमा आगलागी हुँदा करिव साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
शुक्रबार बिहान श्रीमन बेदप्रसाद खेतमा निस्किएको र श्रीमती भान्छामा रहेका बेला ९ बर्षका छोराले खोलाइरहेको लाईटरबाट अचानक घरमा आगो सल्किएको प्रहरीको अनुमान छ । आगलागीबाट कुनै मानवीय क्षति नभएपनि नगद तथा जिन्सी समानहरु भने पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए ।
बिहान करिब ८ बजेतिर घरमा आगलागी हुदाँ घरभित्र रहेका अन्नपात तथा लत्ताकपडासहित नगद समेत जलेर नष्ट भएको पीडितको भनाई छ । आगलागी भएको एक घन्टापछि मात्र प्रहरीलाई खबर गरेकाले घटनास्थलमा प्रहरी पुग्दा घर पूर्णरुपमा जलेर नष्ट भैसकेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । आगलागीपछि पीडित परिवार गोठमा बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ६४.७१ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि गिरावट
-
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच छलफल
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह