शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालका होटेल उद्योगमा सशक्त बन्दै ‘ओयो’

शुक्रबार, २७ भदौ २०७६, १६ : १४
शुक्रबार, २७ भदौ २०७६

काठमाडौं– एक सफल होटेल संचालन गर्ने चाहनाले निशान्त जोगाइ दक्षिण एशिया र भारतको सबैभन्दा ठूलो श्रृंखला होटेल चेन–ओयो होटल्स एण्ड होम्ससँग जोडिन पुगे । 

आफ्नो उद्यमशीलता र सहयोगी भावनाले गर्दा उनले ओयोको टोलीसँग समिपबाट काम गरे जसले उनलाई अवस्थित होटललाई गुणस्तरीय बनाउन मद्दत गर्यो जसको परिणाम ओयो ११४७४ गन्गौर रिजेन्शी बुटिक होटल हो ।

निशान्त जोगाइ ओयो ११४७४ गन्गौर रिजेन्शी बुटिक होटेलका मालिक हुन् । उनले आफ्नो खाली जमिनलाई सदुपयोग गर्न होटेल व्यवसाय शुरु गरेका थिए । होटेल संचालन गर्न सान्दर्भिक आतिथ्यि अनुभवको अभावका कारण जोगाईले व्यवसायमा थुप्रै अवरोधहरुको सामना गर्नुपर्यो । 

होटेल उद्घाटन गरेको ३ महिना पछि उनलाई ओयोले सम्पर्क गर्यो र उनी ओयाको बिजनेस मोडलबाट प्रभावित भए । आफ्नो अनुभवका बारेमा निशान्त जोगाइ भन्छन्, ‘यो मेरो ओयोसँग दोस्रो वर्ष हो । मलाई सहायता चाहिएको बेलामा ओयो टोलीबाट मलाई तुरुन्तै मद्दत मिल्दछ त्यो नै मलाई ओयोको सबैभन्दा राम्रो लाग्ने पक्ष हो । उनीहरुले मेरा कर्मचारीहरुलाई निरन्तर प्रशिक्षण गरिरहनु भएको छ । 
अर्को कारक जसको म प्रशंसा गर्दछु भने त्यो ओनर एप हो जसले मलाई यात्रा गरिरहेको बेला पनि होटलको अवस्थाको बारेमा जानकारी राख्न सजिलो बनाएको छ । होटेलमा ग्राहक संख्या पनि आकाशीएको छ र आम्दानी संकलनबाट पनि म निकै प्रसन्न छु । म के भन्दछु भने म एक सन्तुष्ट ओयो होटेल मालिक हँ ।’ 

ओयो होटल्स एण्ड होम्सले शुरुवाती दिनदेखि नै ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्दै नेपालमा लघु उद्यमशीलता सृजना गरेर आतिथ्य जगतमा आमूल परिवर्तन ल्याएको छ । अतिथिहरुले सुलभ मूल्यमा गुणस्तरीय आवासको सुनिश्चितता प्राप्त गरेका छन् भने ओयोले होटेल मालिकहरुलाई प्रविधि, कर्मचारीहरुलाई प्रशिक्षण, पहुँच र ब्राण्डिंग प्रदान गरेर व्यवहारिक व्यवसाय संचालन गर्ने अवसर प्रदान गरेको छ । 

को–ओयो एपमार्फत होटेल मालिकहरुले परिचालन साहयता र व्यवस्थापन सेवाहरु प्राप्त गर्दछन जसले उनीहरुलाई सम्पूर्ण व्यवसाय र ग्राहक मेट्रिक्समा पूर्ण दृश्यता प्रदान गर्दछ । यस एपले होटेल मालिकहरुलाई नगद प्रवाह, व्यवसाय प्रदर्शन, मूल्य निर्धारण, ग्राहक समीक्षा र सिफारिसहरुमा पूर्ण दृश्यता राख्न सक्षम बनाउँछ । यस एपले स्ट्यान्ड अलोन होटेलको गुणस्तर बढाउदै ग्राहक संख्यामा औसत २५% देखि ६५% सम्म वृद्धि गर्न मद्दत गर्दछ साथै उपयोग नभएका होटेलहरुको उपज पनि बढाउछ ।  

अर्का होटेल मालिक, ओयो १७४ शिव शंकर होटलको स्वामित्व भएका प्रज्वल श्रेष्ठ एक अनुभवी आतिथ्य पेशेवर हुन जसले १२ वर्ष अगाडि आफ्ना सपनालाई पछ्याउदै यो यात्रा शुरु गरेका थिए । उनी हाल पोखरामा एक र काठमाडौंमा गरेर चारवटा होटेलहरु सफलतापूर्वक संचालन गरिरहेका छन् । 

श्रेष्ठको ओयोसँगको यात्रा एक वर्ष पहिला शुरु भएको हो । ओयोसँगको सहकार्यका बारेमा श्रेष्ठले भने, ‘आतिथ्य क्षेत्रको आकर्षणले मलाई यस क्षेत्रमा तान्योे तर होटेल व्यवस्थापन मेरा लागि कहिल्यै सहज रहेन । मसँग बुकिङ्ग व्यवस्थापन गर्न उचित ज्ञान पनि थिएन । ओयोले आफ्नो बुकिङ एप र ओनर एपमार्फत मेरो समस्याहरु समाधान गरिदिएको छ ।’ 

गौशला काठमाडौंको ओयो १६० होटल श्रद्धा प्यालेसले अहिले सन्तुष्ट ग्राहक तथा प्रसन्न अतिथिहरुको अनुभव गरिरहेको छ । लामो समयदेखि अर्थात थोरै संख्यामा होटेलहरु हुँदाबाटै संचालनमा रहेको यस होटेलले तुलानात्मक रुपमा राम्रो प्रदर्शन गरिरहेको थियो । यद्यपी होटेलले गुणास्तरीय सेवा प्रदान गर्न कठिनाइहरुको सामना गरिरहेको थियो । ओयो १६० होटल श्रद्धा प्यालेसका मालिक सुजन कुमार खड्का अझ बढि ग्राहकहरुलाई आकर्षित गर्न र प्रतिस्पर्धात्मक लाभ उठाउन विकल्पहरु खोजिरहेका थिए । 

ओयो होटल्स एण्ड होम्स उनले खोजिरहेको प्रतिस्पर्धात्मक फाइदाको रुपमा पाए । ओयोसँग साझेदारी गरेपछि उनको व्यवसायमा आधारभूत सीप, प्रविधि र गुणस्तर अझ बढि सुधार भएको सुजनले व्यक्त गरे । 

खड्काले भने, ‘ओयोले हामीलाई कर्मचारी प्रशिक्षण र आधुनिक प्रविधिमार्फत हाम्रो व्यवसायलाई अझ बढि प्रभावकारी बनाउन मद्दत गरेको छ । ओयो अन्तर्राष्ट्रिय स्तरमै प्रसिद्ध ब्राण्ड हो जसले हामीलाई ठुलो प्लाटफर्ममा चिनाउन मद्दत गरेको छ । त्यसबाहेक ओयोले हामीलाई ग्राहक अवधारणामा पनि मद्दत गरेको छ ।’   

ओयो नेपाली आतिथ्य क्षेत्रमा प्रवेश गर्दा ओयो ११४५४ होटेल गरुडा इनका मालिक राजेन्द्र रानाभाट आफ्नो व्यवसाय पुनःसुचारु गर्ने तरखरमा थिए । आफ्नो पेशा त्यागेर होटल व्यवसाय शुरु गरेका रानाभाटले सन् २०१७ मा नेपालमा महाभुकम्प गएपश्चात आफ्नो व्यवसाय बन्द गर्नु परेको थियो । राजेन्द्र ओयोको अनुपम अवधारणाबाट प्रेरित भएका थिए जसले उनलाई ग्राहक संख्या र आम्दानी वृद्धि गर्न मद्दत पुग्यो । 

राजेन्द्र रानाभाटले भने, ‘हाम्रो होटेलमा ग्राहक सन्तुष्टि निकै उच्च छ । ओयोले समय–समयमा हाम्रो कर्मचारीलाई प्रदान गरेको प्रशिक्षणले हामीलाई तल्लो स्तरबाट माथि उठ्न मद्दत पुगेको छ । ओयोभन्दा अगाडि हामीले ओभर बुकिङ्गको अनुभव गरिरहेका थियौं जुन अहिले ओयो एपमार्फत सहजै व्यवस्थापन हुन्छ ।’    

नेपालमा पर्यटकहरुलाई अनौठो अनुभवहरु प्रदान गर्ने क्षमतालाई सदुपयोग गर्दै दक्षिण एशियाको ठूलो, विश्वको तेस्रो ठूलो र तिव्र रुपमा बढिरहेको श्रृंखला होटेल ओयो होटल्स एण्ड होम्सले देशभरका होटल मालिकहरुलाई सशक्त बनाइरहेको छ । 

कम्पनीले उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने र नेपालमा लघु उद्यमशीलता सिर्जना गर्ने सन्दर्भमा महत्वपूर्ण प्रभाव सिर्जना गर्दछ । आफ्नो नविनतम प्रविधि उपयोग गरेर ओयोले देशभरका ग्राहकहरु विशेष गरि युवापिढीलाई आकर्षित गरिरहेको छ र यो सफलता निरन्तर जारी रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप