शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनिग्रामद्वारा प्रवर्धन योजनाका विजयीहरु पुरस्कृत, दशैं–तिहारलक्षीत नयाँ योजना घोषणा

शुक्रबार, २७ भदौ २०७६, १६ : ०२
शुक्रबार, २७ भदौ २०७६

काठमाडौं– विश्वव्यापी मनिट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक मनिग्रामले नेपालमा सञ्चालन गरेको विशेष बजार प्रवर्धन योजनाका विजयीहरुलाई पुरस्कृत गरेको छ । 

मे देखी जुलाई महिनासम्म सञ्चालन गरिएको उक्त कार्यक्रम अन्र्तगत मनिग्रामका ग्राहकहरुलाई उनीहरुका कारोबार रकम हरेक हप्ता दोब्बर पार्ने अवसर प्रदान गरिएको थियो । यसका साथै मन्रिामले २०७६ सालको दशैं–तिहार को उपलक्षमा नयाँ विशेष प्रवद्र्धन योजना घोषणा गरेको छ । 

“हामीहरु नेपालीहरुलाई देशभरी र देशबाहिर रहेका उहाँहरुका प्रियजनहरुलाई रकम पठाउन सहयोग गर्न महत्वपूर्ण भुमिका खेल्न सकेकोमा गौरवान्वित महसुस गर्दछौं,” मनिग्रामका भारतीय उपमहाद्धीप, ईन्डो चाईना र मलेसीयाका लागी क्षेत्रीय प्रमुख शेसागिरी (शुकेस) मालियाहले भने । “यसअघि सञ्चालन गरिएको प्रवद्र्धन योजनाका २४ जना विजयीहरुले उहाँहरुले प्राप्त गरेको रकमको दोब्बर पुरस्कारबापत पाएकोमा म हर्षीत छु । यो प्रवर्धनलाई अझ अगाडी बढाउँदै दशैं–तिहार पर्व अवधीभर सबैजनासँग मनाउन हामीहरु क्रियाशील हुनेछौं ।”

सेप्टेम्बर १ (भाद्र १५) देखी आरम्भ भएको मनिग्रामको नयाँ योजना नोभेम्बर ३० (मङ्सीर १४) सम्म सञ्चालन हुनेछ । यसअन्र्तगत, मनिग्राममार्फत रकम भुक्तानी पाउने सबैजना भाग्यशाली ‘ड्र’ मा सहभागीभई आफूले पाएको रकमको दोब्बर बढी रकम जित्न सकिनेछ ।

“हामीहरुले यो योजना यसअघि पनि सञ्चालन गरिसकेका छौं र यो कार्यक्रमले सँधै धेरै उत्साह जगाउँछ,” मनिग्रामकी एसिया प्यासिफिक, दक्षिण एसिया र मध्यपूर्व क्षेत्रीय मार्केटिङ प्रमुख सब्रीना चानले भने । “प्रत्येक हप्ता हामीहरु भाग्यशाली ‘ड्र’ मार्फत नयाँ विजेता घोाषणा गर्छौं र उहाँहरु यसबाट अत्यन्त खुसी भएको देख्दा तँपाईहरुपनि आनन्दित हुनुहुनेछ । आफ्ना ग्राहकहरुको जीवनमा मूल्य अभिवृद्धीमा सहयोग गर्दा हुने हर्ष हाम्रालागी उत्प्रेरणाजनक हुने गर्दछ । यो योजना साथै भविष्यमा सञ्चालन हुने प्रवद्र्धनात्मक कार्यक्रमहरुमार्फत धेरै मानीसहरुसँग जोडिन पाउँदा हामी आभारी छौं ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप