पोप फ्रान्सिसले जापान र थाइल्याण्डको भ्रमण गर्ने
भ्याटिकन सिटी– इसाई धर्मका सर्वोच्च गुरु पोप फ्रान्सिसले आगामी नोभेम्बरमा जापान र थाइल्यान्डको भ्रमण गर्न लाग्नुभएको भ्याटिकनले शुक्रबार घोषणा गरेको छ । आगामी नोभेम्बर १९ देखि २६ मा हुने यस भ्रमणका क्रममा उनले जापानका हिरोशिमा र नागासाकीको पनि भ्रमण गर्नेछन् ।
भ्याटिकनद्वारा जारी विज्ञप्तिमा पोप फ्रान्सिसले थाइल्यान्डमा नोभेम्बर २०–२३ र जापानमा नोभेम्बर २४–२६ मा भ्रमण गर्नेछन् । यसअघि पोप जोन पलले ४० वर्षअघि जापानको भ्रमण गरेका थिए । पोप फ्रान्सिसले गत जनवरीमा जापान भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । जापानमा करिब ४ लाख ५० हजार रोमन क्याथोलिक सम्प्रदायका इसाईहरुको बसोबास छ ।
जापानको सांस्कृतिक मामिलासम्बन्धी निकायले जापानमा करिब ५ लाख १० हजार प्रोटेस्टान्ट सम्प्रदायका इसाई छन् । जापानमा मुख्यरुपमा शिन्तो बुद्धिस्ट रहेका छन् । पाँच वर्षअघि भ्याटिकनको प्रमुख भएयता उनले दुई पटक एसियाली मुलुकको भ्रमण गरिसकेका छन् । उनले सन् २०१४ मा फिलिपिन्स र श्रीलंका तथा गत वर्ष म्यान्मार र बंगलादेशको भ्रमण गरेका थिए ।
–एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म