शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’

शुक्रबार, २७ भदौ २०७६, १३ : ३५
शुक्रबार, २७ भदौ २०७६

काठमाडौं– मानवअधिकार चलचित्र केन्द्रको आयोजना नेपालमा पहिलोपटक ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ आयोजना गरिएको छ । बिहिबार चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टाईले उद्घाटन गरेको कन्फरेन्स शनिबारसम्म  चल्नेछ । 

कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष भट्टराइले ‘शिर्जनशील र व्यवसायलाई मात्र चलचित्र हो ? सिंगो सिर्जनशीलतमा सबै पर्छन् कि पर्दैनन् ?  यो विषयमा बहस गर्न आयोजकलाई सुझाए । कन्फरेन्सबाट फिल्मको अध्ययन गर्ने विद्याथीको लागि कोर्स अफ स्टडिजमा हुने उनले अनुमान लगाए ।

काठमाडौं कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित कन्फरेन्समा  समाजशाशास्त्रीय दृष्टिमा चलचित्र बारेमा बोल्दै राजनीतिशास्त्री हरि शर्माले सिनेमा संसारको सुख दुः ख, हर्ष र  आनन्द एकै ठाउँमा पाइने बताए । 
त्यस्तै चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले व्यवसायिक रुपमा नेपाली चलचित्र सुरुवात भएको ६ दशक भइसकेको बताइन् । 

‘अस्करलमा नोमिनेस हुने फिल्म पनि बनेका छन् । तर बौद्धिक बहस हुन सकेको छैन’ उनले भनिन् ।  कार्यक्रममा बोल्दै लोकरञ्ज पराजुलीले नेपालमा चलचित्रको सुरुवातको चर्चा गरे ।

कन्फरेन्समा नेपालमा चलचित्र निर्माण, नेपाली चलचित्रको विभिन्न विषयको चित्रण, तिनको प्रभावबारे अध्येताहरूले लेखेका विभिन्न कार्यपत्रको प्रस्तुति, ती कार्यपत्रमाथि छलफल तथा फिल्म क्षेत्रका जल्दाबल्दा विषयमा छलफल हुने आयोजकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप