वडा कार्यालयमा आगजनी
शुक्रबार, २७ भदौ २०७६, १३ : १५
कञ्चनपुर– भीमदत्त नगरपालिका वडा नं १९ को कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयको ताला फुटाली भित्र आगजनी गरिएको थियो ।
आगजनीबाट कार्यालयभित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्रसहितको दराजलगायत जलेर क्षति पुगेको नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।
आगजनी गरिएको ठाउँमा नेकपा (विप्लव) समूहको नामबाट छाडिएको पर्चासमेत फेला परेको जानकारी दिँदै उनले भने, ‘कसले आगजनी गरेको हो भन्नेबारे अझै पुष्टि हुन सकेको छैन तर कार्यालयमा भएको क्षतिको विवरण भने सङ्कलन गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत-पाक सीमामा लगातार चौथो दिन पनि गोलाबारी
-
‘बैंकका ऋणीहरू समस्यामा भए पनि भागेको अवस्था छैन’
-
आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल
-
सबै राजावादीहरू एउटै मञ्चमा
-
पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते
-
इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी