शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल–सिद्धबाबा सडक खण्डमा दुईवटा जीप पहिरोले पुरिएः एकको मृत्यु, चारको उद्धार

शुक्रबार, २७ भदौ २०७६, १० : ५८
शुक्रबार, २७ भदौ २०७६

सिद्धार्थ राजमार्गको बुटवल-सिद्धबाबा सडक खण्ड आसपास दुईवटा जिप पहिरोमा पुरिएपछि एकको मृत्यु भएको छ भने चारजनाको प्रहरीले उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र लु २ ज ५९३८ नम्बरको जिप पुरेकाे हो ।

मृत्यु हुनेमा चालक २६ वर्षीय कमल परियार हुन् । उनी गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का बासिन्दा हुन् । 

यस्तै घाइते हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका २ बस्ने ३१ वर्षीय ललित मल्ल, गुल्मीको पुर्तिघात बस्ने २२ वर्षे प्रेम सुनार, बुटवलको नयाँ गाउँ बस्ने मिलन शाह र
सोही स्थानका २० वर्षे नरेन्द्र हमाल रहेका छन् । 

नरेन्द्र हमालको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रवक्ता डिएसपी कृष्णराज सापकोटाले जानकारी दिए । 

चारैजनाको बुटवल  प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप