केन्द्रीय संस्करण

खोलाले बगाएर बेपत्ता पुरुषको शव फेला

person explore access_timeभदौ २७, २०७६ chat_bubble_outline0

बुटवल  ।  प्युठानको झिम्रुक खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव प्रहरीले फेला पारेको छ । 

बिहीबार दिउँसो  झिम्रुक गाउँपालिका ५ ढाँडास्थित खोला तर्ने क्रममा बगेर मृत्यु भएका अन्दाजी ३० बर्षीय शेरबहादुर महतराको शव प्रहरीले प्युठान नगरपालिका ७ को टपरी भन्ने स्थानमा बग्दै  गरेको अबस्थामा फेला पारेको जनाएको छ ।  

उनको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल विजुवारमा राखिएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.