१४ औँ एसीयन ‘टग अफ वार’ इन्डोर च्याम्पियनसीपमा सहभागी हुने खेलाडीको बिदाइ
काठमाडौँ । थाइल्याण्डमा हुने १४ औँ एसीयन ‘टग अफ वार’ इन्डोर च्याम्पियनसीपमा नेपालको तर्फबाट सहभागी खेलाडी तथा अफिसियलहरुलाई बिहीवार नेपाल टग अफ वार एशोसियसनले एक विषेश कार्यक्रम गरी बिदाइ गरेको छ ।
यही भाद्र २७ गते देखि ३० गतेसम्म हुने खेलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी हुने १५ जना खेलाडी तथा अफिसियललाई नेपाल टग अफ वार एशोसिएसनका अध्यक्ष भवानी प्रसाद पौडेल, साउथ एसियन टग अफ वार फेडेरेसनका उपाध्यक्ष नरेन्द्र बहादुर अधिकारी तथा नेपाल टग अफ वार एशोसिएसनका पदाधिकारी, सदस्य तथा विभिन्न जिल्लाका अध्यक्षहरुले बिदाइ गरेका हुन् ।
बिदाइ कार्यक्रममा शुभकामना दिँदै एशोसियसनका अध्यक्ष भवानी प्रसाद पौडेलले नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुले नतिजा आफ्नो हातमा पार्ने विश्वास व्यक्त गरेका थिए । नेपाल टग अफ वार एशोसियसले अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाएको यो पहिलो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर