बेस्सरी हाँस्दा महिलाको बंगारा फुस्कियो, खुल्ला रहिरह्यो मुख
स्वास्थ्यका लागि हाँस्नु निकै आवश्यक छ तर एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । एक महिला बेस्सरी हाँस्दा उनको बंगारा फुस्किएको छ जसका कारण उनले मुख बन्द गर्न सकिनन् । अन्त्यमा उनले डाक्टरको सहयोगमा समस्या सुल्झाएकी छिन् ।
घटना चीनको हो । स्थानीय ग्वान्चा न्यूजका अनुसार गत आइतबार गुआंगडोंग प्रान्तको गुआंगझु दक्षिण रेलवे स्टेशन नजिकै एउटा रेलमा यात्रा गरिरहेकी महिला यति बेस्सरी हाँसिन् कि उनको बंगारा डिस्लोकेट भयो । त्यसपछि उनलाई असाध्यै पीडा भयो ।
Credit: Asia Wire
तर महिलाको भाग्य, त्यहाँ डाक्टर पनि उपस्थित थिए ।
ल्याडबाइबलको रिपोर्ट अनुसार लिवान हस्पिटलका डाक्टर लुओ वेन्सेङ्ग रेलवे चिकित्सा इमर्जेन्सीको अपिलपश्चात् उनी महिला भएठाउँ पुगेका थिए ।
‘म दौडिएर महिला भएठाउँ पुगेँ, उनी बोल्न सकिरहेकी थिइनन् र मुख बन्द पनि गर्न सकिरहेकी थिइनन्,’ डा. वेन्सेङ्गले भने ।
Credit: Asia Wire
‘उनी र्याल काढिरहेकी थिइन् त्यसकारण उनलाई स्ट्रोक भएको ठानेँ ।’
‘तर मैले उनको रक्तचाप लिए र उनलाई केही प्रश्न गरेँ त्यसपछि मात्रै उनको बंगारा डिस्लोकेट भएको थाहा पाएँ,’ उनको भनाई उद्धृत गर्दै ल्याडबाइबलले भन्यो ।
नाम नखुलाइएकी ती यात्रीले उनको यसअघि पनि गर्भावस्थामा बान्ता गर्दा बंगारा डिस्लोकेट भएको जानकारी दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा