नेयमार बार्सिलोना फर्किएमा मेस्सी खुशी

बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले ब्राजिलियन स्टार नेयमार बार्सिलोना फर्किएमा आफु सबैभन्दा धेरै खुशी हुने बताएका छन् । स्पेनिस पत्रिकालाई अन्तवार्ता दिँदै मेस्सीले नेयमार फर्किए क्लबको उद्येश्यहरु पूरा हुने सम्भावना थप बलियो हुने बताए ।
२७ बर्षीय नेयमार दुई बर्षअघि बार्सिलोना छाडेर किर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) गएका थिए । कुनैपनि हालतमा पीएसजी छाडेर बार्सिलोना फर्कन चाहेका नेयमारको चाहनाले यसपटक पूर्णता पाउन सकेन । पीएसजी र बार्सिलोनाबीच सहमति नमिलेपछि नेयमार आगामी जनवरी सम्म पीएसजीमै रहनेछन् ।
मेस्सीले नेयमारलाई क्लबमा फर्काउन साच्चै प्रयास भयो भएन त्यो आफुलाई थाहा नभएको पनि बताए । ‘नेयमारलाई म क्लबमा चाहन्छु । तर केही मानिस उनको आगमनको विपक्षमा छन् । खेलको स्तर हेर्दा मलाई लाग्छ नेयमार विश्वका उत्कृष्ट खेलाडी मध्ये एक हुन् । उनी हाम्रो टोलीमा हुँदा क्लबको उद्येश्य र सम्भावना बढ्छ,’ ३२ बर्षीय मेस्सले भने ।
मेस्सीले बार्सिलोनाका खेलाडीले नेयमारलाई ल्याउन क्लबसँग आग्रह गरेको भन्ने विषयमा पनि खुलासा गरेका छन् । ‘हामीले हाम्रो विचार प्रस्तुत गरेका हौं । तर उनलाई ल्याउनै पर्छ भनेर दबाब दिएका छैनौं । नेयमार आउँदाको सम्भावनाको कुरा गरेका हौं,’ मेस्सीले भनेका छन् । नेयमारले सन् २०१३ देखि २०१७ सम्म बार्सिलोनामा एक सय ८६ खेल खेल्दै एक सय ५ गोल गरेका थिए । उनले पीएसजीका लागि ५८ खेलमा ५१ गोल गरेका छन् ।
यसैगरी मेस्सीले उनको बार्सिलोनासँगको सम्बन्ध सन् २०२१ सम्म रहेको र त्यसपछि के गर्ने भन्ने विषयमा पनि खुलेर बोलेका छन् । ‘बार्सिलोना मेरो घर हो । क्लबको आवश्यकता र शरिरले भ्याएसम्म म बार्सिलोनामै रहने छु,’ मेस्सीले भने । मेस्सी सन् २००१ मा बार्सिलोनामा अनुबन्धित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)