बेलायतमा पढाइपछि ‘वर्किङ भिसा’
शुक्रबार, २७ भदौ २०७६, ०६ : ५७
बेलायतमा अध्ययन सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म 'वर्किङ भिसा' पाउने भएका छन् ।
सरकारले सैक्षिक सत्र २०२०/२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ । सन् २०१२ मा तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको ‘पोष्ट स्टडी वर्क भिसा’ व्यवस्था पुन ल्याउन लागिएको होम अफिसको अध्यागमनसम्बन्धी पछिल्लो श्वेतपत्रमा उल्लेख छ ।
अहिले स्नातक वा स्नातकोत्तर अध्ययन सकेपछि ४ महिनामात्र काम गर्न छुट छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेको नयाँ रणनीतिको मूल उद्देश्य अन्तर्राष्ट्रिय विद्यार्थीलाई बेलायती विश्वविद्यालयमा आकर्षित गर्नु छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश