बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपाद्वारा दल दर्ताका लागि निवेदन

बिहीबार, २६ भदौ २०७६, २२ : ३३
बिहीबार, २६ भदौ २०७६

काठमाडौं–आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ । 

नेकपाले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम दल दर्ताका लागि बिहीबार निवेदन दिएको हो ।  

नेकपा महासचिव विष्णु पौडेलले संविधानअनुसार आवश्यक कागजातसहित आयोगमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको हस्ताक्षरित निवेदन पेश गरिएको  जानकारी दिए । 

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा पार्टी बनेकाले नेकपाले दल दर्ताका लागि निवेदन दिनु परेको हो । 

नेकपाको सचिवालय बैठकले प्रदेश, प्रतिनिधिसभा र स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुन दल दर्ता हुनुपर्ने नियमअनुसार आवश्यक प्रक्रिया पूरा गर्न महासचिव पौडेललाई जिम्मेवारी दिएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप