शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन्नी लियोन नेपाल आउँदा पञ्चकन्याले स्वागत, कुमारी हलमा जे देखियो (फोटोफिचर)

बिहीबार, २६ भदौ २०७६, २१ : ५९
बिहीबार, २६ भदौ २०७६

काठमाडौं–नेपाली चलचित्र ‘पासवर्ड’ मा आइटम डान्स गरेकी बलिउड अभिनेत्री सन्नी लियोनी सोही फिल्मको प्रिमियरमा सहभागी हुन नेपाल आएकी छिन् । 

बिहीबार अपरान्ह त्रिभुवन विमानस्थल उत्रिएकी उनी राती कमल पोखरीस्थित कुमारी हलमा आयोजित फिल्म प्रिमियरमा सहभागी बनिन् । सन्नी साढे ६ बजे नै कुमारी हल पुग्ने भनिएपनि राती पौनै ९ बजेमात्रै त्यहाँ पुगेकी थिइन् । हल परिसरमा सन्नी पुग्दा लाखे नाच र पञ्चकन्याले स्वागत गरिएको थियो । 

ठूलो संख्यामा मिडियाकर्मी र फ्यानहरु हल परिसरमा सहभागी हुँदा सन्नीले नेपाली फिल्मको हिस्सा हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । 

 पासवर्ड अहिलेसम्मकै बिग बजेटको फिल्म भएको आफूले ठानेको बताउँदै सन्नीले आगामी दिनमा पनि नेपाली फिल्म खेल्ने प्रतिवद्धता जनाइन् । 

यो क्रममा निर्माण पक्षले सन्नीको पूरा भूमिका रहने गरी नयाँ फिल्म बनाउने घोषणा समेत गर्यो । हल परिसरमा छोटो कुराकानी पछि उनी अन्य आमन्त्रितहरुसँगै फिल्म हेर्न हल प्रवेश गरेकी थिइन् । 
प्रिमिरयमा कलाकार भुवन केसी, कलाकार दीपाश्री निरौला, अशोक शर्मा लगायत समेत देखिएका थिए । 

शनिबार भारत फर्किने तालिकासहित नेपाल आएकी सन्नीले शुक्रबार नेपालका केही ठाउँका भ्रमण समेत गर्ने बताइएको छ ।

फिल्म ‘पासवर्ड’को सन्नीले एक आइटम नृत्य गरेकी छन् । सन्नी नेपाल आउन लागेको यो पहिला पटक भने होइन । केही पहिले पनि उनी एक व्यापारिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी थिइन् । 
पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको बताइएको छ । 

‘पासवर्ड’मा सन्नीको आइटमसहित अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ । 

अंंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिरालाल जोशी छन् । फिल्म शुक्रबारदेखि देशभर रिलिज हुँदैछ । 

सबै फोटो : कृष्ण खड्का

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप