शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डेङ्गु संक्रमणबारे बोल्यो स्वास्थ्य विभाग

बिहीबार, २६ भदौ २०७६, १९ : ३७
बिहीबार, २६ भदौ २०७६

काठमाडौं – स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेङ्गु संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको जनाएको छ । विभागले विहिबार संचारकर्मीसँग अन्तरक्रिया गर्दै सबै भन्दा बढी प्रदेश ३ डेङ्गुबाट प्रभावित भएको जनाएको हो । जिल्लागत रुपमा भने चितवन सबै भन्दा बढी प्रभावित भएको छ । 

त्यसैगरी मकवानपुर दोश्रो र तेश्रोमा कास्की जिल्ला डेंगु संक्रमणबाट प्रभावित भएको विभागका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिए । रोगको ठ्याक्कै उपचार नभएकाले लक्षणका आधारमा उपचार गर्नुपर्ने उल्लेख गर्दे उहाँले आफुखुसी औषधी सेवन नगर्न पनि सबैलाई आग्रह गरे ।

उनले लामखुट्टे नियन्त्रण नै डेङ्गु नियन्त्रणको प्रभावकारी उपाय भएकाले विभाग तथा सम्बन्धीत निकायहरुले सबै सम्बन्धित निकायसंग समन्वय गरि लामखुट्टे नियन्त्रण, उपचार र सबै प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने काम भइरहेको जानकारी दिए ।

खोप तथा औषधीबाट डेङ्गु र्निमूल गर्न नसकिने भएकाले सरकारले काम गरेन भनेर दोष दिन नमिल्ने तर्क उनले गरे । घरघरमा रहेका भाडामा रहेको पानी, प्लाष्टिकका जगमा रहेको पानी तथा गमलामा जम्मा हुने पानीबाट लामखुट्टको वृद्धि  भएकाले प्रत्येक व्यक्ति आफैमा सजग हुनुपर्ने बताए ।

विभागका अनुसार हाल मुलुकभर ८ हजार ९० जना डेंगुबाट संक्रमति भएका छन् । काठमाण्डौ उपत्यकामा मात्रै असार यता १ हजार १ सय ५० जना डेंगुबाट संक्रमित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप