महानगर प्रमुख दाहालद्वारा भरतपुर अस्पताललाई एक हजार डेड्गु किट प्रदान
चितवन – भरतपर महानगरपालिकाले डेङ्गु रोगको उपचारमा सहयोग पु¥याउन आज भरतपुर अस्पताललाई एक हजार डेङ्गु किट प्रदान गरेको छ । महानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी डेङ्गु किट प्रदान गरिएको भरतपुर महानगरपालिकाले जनाएको छ ।
महानगर प्रमुख रेनु दाहालले भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्रीराम तिवारीलाई एक हजार डेङ्गु किट प्रदान गरेका हुन् ।
कार्यक्रममा महानगर प्रमुख दाहालले भरतपुर महानगरमा फैलिरहेको डेङ्गुका बिरामीहरुको उपचारमा सहज हुने विश्वास गरिन् । उनले भनिन्, ‘कुनै पनि डेङगुका बिरामीको किटको अभावमा उपचारमा ढिलो नहोस् र किटको अभाव पनि नहोस् भन्ने मनसायले भरतपुर अस्पताललाई किट हस्तान्तरण गरेका हौँ ।’
उनले महानगर नगरवासीको स्वास्थ्यप्रति अत्यन्तै गम्भीर रहेको बताउँदै भन्नुभयो, ‘महानगरले एकातिर सचेतनाको कार्यक्रम गर्दै आएको छ भने अर्कोतिर उपचारमा कुनै किसिमको समस्या नआहोस् भन्ने हेतुले किट हस्तान्तरणको काम गरिरहेको छ ।’
उनले डेङ्गु फैलाउने लामखुट्टेका लार्भाहरु नष्ट गर्ने अभियानमा लाग्नसमेत सबैमा अपिल गरिन् । यो महामारीलाई नियन्त्रणमा ल्याउनु सबैको सामुहिक दायित्व भएको बताउँदै प्रमुख दाहालले सबैलाइ सहयोग गर्न आग्रह गरिन्।
महानगरपालिकाले प्रदान गरेको किट ग्रहण गर्दै भरतपुर अस्पतालका मेसु डा श्रीरामतिवारीले प्राप्त किटले संक्रमितहरूको पहिचान र उपचारमा सहयोग पुग्ने बताए। कार्यक्रममा उपप्रमुख पार्बती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुबेदीलगायतको सहभगिता रहेको थियो।
चितवनमा डेङ्गुको बिरामीको संख्या दैनिक रुपमा बढ्दो छ । गत मंगलबार १ हजार ३०० जनामा डेङ्गु देखिएकोमा बुधबारसम्म एक हजार ४६० पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?