जीवन बिमा गर्नेलाई खुसीको खबर, बोनस दर बढ्ने
बिहीबार, २६ भदौ २०७६, १७ : २१
१
जीवन बिमा गर्नेलाई खुसीको खबर छ । अबदेखि जीवन बिमा गर्ने बिमितको बोनसदर बढ्ने भएको छ । बिमा समितिले बिमकको बिमाङ्कीय निर्देशिका जारी गर्दै जीवन बिमा गर्नेहरुको बोनसदर बढ्ने व्यवस्था गरेको हो ।
निर्देशिकामा भएको व्यवस्था अनुसार बिमाङ्कीय मूल्यांकन प्रतिवेदन अनुसार जजीवन बिमा व्यवसायमा भएको बचत (कर्मचारीलाई बोनस छुट्याउनु अगाडि) को घटीमा नब्बे प्रतिशत रकम बिमालेख लिनेको कोषमा सार्नुपर्नेछ ।
समितिमा पेश हुन आएको बिमाङ्कीय प्रतिवेदनको आधारमा आवश्यक परेमा समितिले सेयरधनी कोषबाट बिमा लेख लिनेको कोषमा रकम सार्न तथा अन्य आवश्यक निर्देशन दिन सक्नेछ ।
यस्तै समितिबाट स्वीकृत बिमाङ्कीय मूल्यांकन प्रतिवेदन अनुसार बिमितलाई प्रदान गरिने मुनाफा दर मुनाफा अवधिको शुरु मिति देखि नै लागू गर्नु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत
-
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै
-
गोरखा भूकम्प : सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
-
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई पारित
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले सिक्ने पाठ