टिभिएस दशैंको दौड मा सहभागी हुने अवसर
काठमाडौं– नेपालको सबैभन्दा ठूलो पर्व बडादशैंको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आरम्भ गरेको उपभोक्ता प्रवद्र्धन योजना“टिभिएस दशैंको दौड” ले सबैलाई दौडमा निःशुल्क भाग लिने अवसर दिएको छ । टिभिएस शोरुममा नगइकनै वा टिभिएस बाइकन किनेर पनि सहभागी बन्न पाइने गजबको अफर रहेको यस योजनाको एक महत्वपूर्ण पक्ष रमाइलो म्याराथन दौड हो ।
देशका विभिन्न भागहरुमा यसप्रकारको म्याराथन दौड सञ्चालन गर्ने लक्ष्य बोकेको जगदम्बा मोटर्सले यही भाद्र २८ गते शनिबार काठमाडौंमा पहिलो पटक यो “टिभिएस दशैंको दौड” अन्तर्गतको म्याराथन दौडको आयोजना गर्ने भएको छ । उक्त दिन विहान ७ बजेदेखि शुरु हुने यो रमाइलो दौडको विषयमा प्रकाश पार्दै कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘दशैंको चहलपहलले हामीलाई छोइसकेको छ ।
यो रमाइलो चहलपहललाई अझ रमाइलो बनाउन हामीले हाम्रा ग्राहकहरु समक्ष ल्याएको “टिभिएस दशैंको दौड” प्रति उपभोक्ताहरुले जुन उत्साहजनक रुची दर्शाउनु भएको छ, त्यसबाट हामी अत्यन्त प्रभावित भएका छौं । यसै योजना मातहतको एक रमाइलो दौडलाई हामीले स्वास्थ्यका लागि रमाइलो दौड भन्ने नाराका साथ आयोजना गर्न गैरहेका छौं । हामीलाई विश्वास छ आफ्नो स्वास्थ्यप्रति सजग महानुभावहरुले यो दौडमा सहभागीता जनाउनु भई बडा दशैंको स्वागतमा रमाउनुहुनेछ ।”
रमाइलो दौड नक्साल बालमन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमापुगी समापन हुनेछ । सबै उमेर सबै समुहका व्यक्तिहरुले भागलिन सक्ने यो खुला रमाइलो दौडमा सहभागीहुने सबैजनालाई स्योर सट छुटस्वरुप रु.१,०००÷प्रदान गरिनेछ भनें विजेताहरु मध्ये प्रथमहुनेलाई रु.५०,०००÷ त्यस्तै द्वितीय स्थानमाआउनेलाई रु.२५,०००÷ र तृतीय स्थानमा रहनेलाई रु.१५,०००÷ नगद पुरस्कार प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभरका बजारबाट कोभिड खोप फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय
-
राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा यो वर्ष ६ वटा बाघ मृतावस्थामा भेटिए
-
आमाको मन बुझ्न वर्षौँ लाग्यो
-
फुटेको पार्टी दर्ता गर्न निर्वाचन आयोगको हतारो, भूमिकामाथि प्रश्न
-
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान
-
उथलपुथलकाे चौथो शृङ्खलामा अमेरिकी स्वतन्त्रता सङ्ग्राम