केन्द्रीय संस्करण

७२ दिनमा सकियो दीपेन्द्रको ‘आमा’

person explore access_timeभदौ २६, २०७६ chat_bubble_outline0

काठमाडौं– दीपेन्द्र के.खनालको निर्देशन रहेको फिल्म ‘आमा’को छायाँकन सकिएको छ । बुधबार स्वयम्भुको हलचोकमा कलाकार देशभक्त खनालको एकदृश्य छायाँकनसँगै फिल्म सकिएको हो । ७२ दिनको नियमित छायाँकनमा फिल्म सकिएको निर्देशक खनालले जानकारी दिए ।

अक्सर नेपाली फिल्मको छायाँकन डेढदेखि दुई महिनामा सकिने गर्दछ । तर निर्देशक खनाललाई भने यो फिल्म धेरै समय लाग्यो । गत १६ असारबाट छायाँकन सुरु भएको फिल्मको छायाँकन नियमित नभएको कारण  लामो समय लागेको हो । यसको कारण नियमित बर्षा नहुन रहेको रहेको छ । 

‘कैयौं दिन पानी पर्छ भनेर सेट लगायो, तर पानी नियमित नपर्दा सुटिङमा समस्या आउँथ्यो’ निर्देशक थपे ‘पानी पर्छ भनेर हामी रातको २ बजेसम्म बसेका छौ । पानी नपर्दा केही दिन स्पोटमा पानी कुरेरै बित्यो ।’ प्राकृतिक बर्षा भएको समयमै फिल्मका केही दृश्य खिच्नुपर्ने भएकोले पनि आफुले पानी कुरेको उनले सुनाए ।

फिल्ममा अभिनेत्री मिथिला शर्मा, सरिता गिरी, सुरक्षा पन्त लगायत कलाकारको मुख्य भूमिका रहेको छ । ‘आमा’को मुख्य कथामा बन्न लागेको यो फिल्म आफ्नो अहिलेसम्मकै राम्रो फिल्म हुने खनालले बताए । फिल्मको रिलिज मिति भने फागुन ९ गते तोकिएको छ । 

यसै फिल्मका लागि अभिनेत्री सुरक्षा पन्तले आफ्नो कपाल मुन्डन गराएकी थिइन् । फिल्मको निर्माता शर्मिला पाण्डेले रहेकी छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...