बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेम संसार’ को पहिलो गीत ‘सुनैना सुनैना’

बिहीबार, २६ भदौ २०७६, १४ : ०७
बिहीबार, २६ भदौ २०७६

काठमाडौं– मंसिर १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेम संसार’को ‘सुनैना सुनैना’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । गीतसँगै फिल्मको प्रचार समेत सुरु भएको निर्माण युनिटले जनाएको छ ।

अर्जुन पोख्रेलको शब्द संगीत, राजेश पायल राई र अञ्जु पन्तको स्वर रहेको गीतमा फिल्मका कलाकार प्रेम सोनी र आयुष्मा कार्कीको अभिनय समेटिएको छ । गीतमा कोरियोग्राफी राम गौतमले गरेका हुन् । प्रेम सोनी, कविता नेपाली, आयुष्मा कार्की, मोनिका दाहाल बिबिशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यमबहादुर बिक, बिजय सुनार, टंक मरासैनी, किशोर पाण्डे लगायतको अभिनय फिल्ममा देख्न सकिन्छ । 

सोनी फिल्मस्को प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको  फिल्मको कथा लेखन, निर्माता तथा प्रस्तुतकर्ता प्रेमबहादुर सुनार(गहतराज) हुन् भने, उत्तम केसी र देबीन गहतराज कार्यकारी निर्माता, कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् ।

अर्जुन पोख्रेल र बीबी अनुरागीको संगीत, शंखर महर्जनको एक्सन, एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी , दीपेन्द्र बस्न्यातको छायाँकन रहेको फिल्मलाई उपत्यका बाहिर एफ.डि कम्पनी र उपत्यकाभित्र रिच इन्टरटेन्टमेन्टले वितरण गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप