केन्द्रीय संस्करण
मानवतस्करी

ह्यान्डसम युवकको फ्रेन्ड रिक्वेस्ट : जसले पुर्‍यायो दिल्लीको कोठीमा

यसरी बेचिन्छन् नेपाली चेली

person explore access_timeभदौ २६, २०७६ chat_bubble_outline0
मदन ढुङ्गाना

रातोपाटी

भर्खर १८ वर्षकी किशोरी । बुबाआमाले मोबाइल चलाउन पनि भर्खरै मात्र दिएका थिए । भर्खरभर्खर स्मार्ट फोन चलाउन पाएपछि मानिसहरु फोनमा झुण्डिने नै भए ।

नेपालगञ्जकी मिना नेपाली (नाम परिवर्तन) को दिनचार्य पनि अधिकांश समय स्मार्टफोनमै बिताउने थियो । भर्खरभर्खर फेसबुक चलाउन सुरु गरेकीले फेसबुकमै रमाउन थालेकी थिइन् मिना ।

यहीबीचमा सुनिल थापा नाम गरेका एक युवकले मिनालाई फेसबुकमै फ्रेन्ड रिक्वेस्ट पठाउँछन् । ह्यान्डसम युवकको फ्रेन्ड रिक्वेस्ट आएपछि प्रोफाइल हेरेर मिनाले रिक्वेस्ट एसेप्ट गरिन् । ती युवक थिए कोहलपुरकै सुनिल थापा भन्ने सुनिल नेपाली ।

२१ वर्षका सुनिल नेपाली हेर्दा पनि सुन्दर देखिन्थे । फेसबुकमा साथी बनेपछि मिना र सुनिलको नियमित कुराकानी र भिडियो च्याटसमेत हुन थाल्यो । मिना नेपालगञ्जकी र सुनिल कोहलपुरको भएकाले पनि उनीहरुबीच लामोलामो कुराकानी हुन थाल्यो । चिनचान भएको करिब एक महिनापछि मिना र सुनिलले नेपालगञ्जमै भेटघाट गरे ।

२१ वर्षका सुनिल र १८ वर्षकी मिनाबीच भेटघाटपछि सम्बन्ध झनै नजिकिन थाल्यो । उनीहरु दुवैजना एकअर्काको प्रेममा परे ।

चिनजान भएको दुई महिनापछि सुनिलले मिनासँग विवाहको प्रस्ताव राखे । तर सुनिलले दिल्लीमा पनि आफ्नो घर भएको भन्दै दिल्ली नै गएर विवाह गर्ने र उतै बस्ने प्रस्ताव राखे ।

सुरुमा दिल्ली जाने प्रस्ताव अस्वीकार गरे पनि प्रेमीले बारम्बार त्यही आग्रह गरेपछि मिना पनि प्रेमीसँगै दिल्ली जाने र उतै विवाह गरेर खुशीसाथ बस्न तयार भइन् ।

मिना दिल्ली जान तयार भएपछि तिनै फेसबुके प्रेमी सुनिलले मिनालाई नेपालगञ्जबाट रुपैडिया हुँदै दिल्ली पुर्याए ।

*****

एकछिनपछि सुनिल ‘तिमी बस्दै गर, म बेलुका आउँछु’ भनेर गए ।

तर त्यस दिन सुनिल आएनन् । मिनाले रमेश ठाकुरलाई सोधिन् कि रमेश कुन बेला आउँछ ? रमेशले थाहा छैन भन्ने जवाफ दिए । त्यस दिन मिना रमेशकै कोठामा सुतिन् ।

भोलिपल्ट बिहानै रमेशले मिनालाई भन्यो कि सुनिलले उसलाई बेचेर गएको छ । मिना छाँगाबाट खसेजस्तै भइन् । सुखी दाम्पत्य जीवनको सपना देखेर परिवारलाई कुनै जानकारी नै नदिई प्रेमीसँग भागेर दिल्ली पुगेकी किशोरीलाई त आफ्नै ‘श्रीमान’ले बेचेर गएछ । मिनाको सपना क्षणभरमै चकनाचुर भयो ।

*****

अब मिना ‘श्रीमान’ सुनिलको साथमा दिल्ली पुगिन् । सुनिलले दिल्ली पुगेको पहिलो दिन मिनालाई ज्यादै माया गरे । उनले आफ्नी श्रीमतीलाई आफैसँग राखे । पहिलो रात मिना सुनिलसँगै दिल्लीको सराई कालेखान बसपार्क नजिकै रहेको सुनिलको कोठामा बसिन् ।

.....

दिल्ली पुगेको भोलिपल्ट अब सुनिलले आफू र मिनाका लागि जागिर खोज्नुपर्ने भयो । जागिरको खोजीमा सुनिलले मिनालाई रमेश ठाकुर भन्ने रमेश नेपालीको कोठामा पुर्याए ।

त्यहाँ सुनिल र रमेशबीच के कुराकानी भयो मिनालाई थाहा छैन । एकछिनपछि सुनिल ‘तिमी बस्दै गर, म बेलुका आउँछु’ भनेर गए ।

तर त्यस दिन सुनिल आएनन् । मिनाले रमेश ठाकुरलाई सोधिन् कि रमेश कुन बेला आउँछ ? रमेशले थाहा छैन भन्ने जवाफ दिए । त्यस दिन मिना रमेशकै कोठामा सुतिन् ।


भोलिपल्ट बिहानै रमेशले मिनालाई भन्यो कि सुनिलले उसलाई बेचेर गएको छ । मिना छाँगाबाट खसेजस्तै भइन् । सुखी दाम्पत्य जीवनको सपना देखेर परिवारलाई कुनै जानकारी नै नदिई प्रेमीसँग भागेर दिल्ली पुगेकी किशोरीलाई त आफ्नै ‘श्रीमान’ले बेचेर गएछ । मिनाको सपना क्षणभरमै चकनाचुर भयो । आफैलाई भन्दा बढी माया गरेको प्रेमीले नै मिनालाई यौनधन्दामा पठाउने गरी बेचेर गएछ । त्यसपछि मिना धेरै रोइन् तर रुनुको कुनै अर्थ थिएन । मिनाको चित्कार सुन्ने व्यक्ति त्यहाँ कोही थिएन ।

अर्को दिन रमेशले मिनालाई ग्राहकसँग कसरी प्रस्तुत हुने भनेर सिकायो । मिनाले आफूले त्यस्तो काम नगर्नेभन्दा रमेशले लाठ्ठीले पिट्ने गथ्र्यो । बाध्य भएर मिना रमेशले जो व्यक्तिसँग पठाउँछ, त्यही व्यक्तिसँग रमेशकै फ्ल्याटमा वा अन्य कुनै फार्महाउस गएर उनीहरुको तृष्णा मेटाउन बाध्य बनिन् । मिनासँगै रमेशको फ्ल्याटमा अन्य ७ जना किशोरी तथा युवतीहरुसमेत थिए । मिना भन्छिन्, त्यो फ्ल्याटमा एउटी १३ वर्षकी नानी पनि थिइन् ।

एक रातको मूल्य ३० देखि ३५ हजार भारु

सुनिलले बेचेर गएपछि मिनाको दिनचार्य अब विभिन्न व्यक्तिसँग रात बिताउनु थियो । रमेशले मिनालाई ‘फ्रेस मा*’ भन्दै ७० वर्षका वृद्धदेखि १ सयभन्दा बढी तौल भएका व्यक्तिहरुसँग पठाउने काम गर्न थाल्यो । त्यसबापत रमेशले प्रति ग्राहक ३० देखि ३५ हजार भारतीय रुपैयाँ लिने गरेको थियो । तर त्यसबाट मिनाले भने एक रुपैयाँ पनि पाउँदिनथिन् । मात्रै रमेशले मिनालाई खाने बस्ने र लगाउने कपडाको मात्रै बन्दोबस्त गरेको थियो ।

यो प्रक्रिया करिब १ महिनासम्म जारी रह्यो । रमेशले एक महिनासम्म आफ्नै फ्ल्याटमा ग्राहक बोलाउने वा ग्राहककै गाडी वा आफ्नै गाडीमा हालेर विभिन्न व्यक्तिको घर वा फार्म हाउसमा लिएर जाने गर्न थाल्यो ।

लठ्याउन सुई लगाउने वा ओषधि खान दिइन्थ्यो

रमेशको फ्ल्याट दिल्लीकै आनन्द बिहार भन्ने स्थानमा थियो । मिनालाई त्यसै फ्ल्याटमा राखिएको थियो । तर १५, १५ दिनमा कोठा सार्ने पनि काम गरिन्थ्यो । मिनालाई त्यो कोठाबाट बाहिर पठाउने बेलामा लठ्याउनका लागि कि सुई लगाइन्थ्यो कि औषधि खान दिइन्थ्यो । त्यसपछि उनलाई कहाँ लगिँदैछ भन्ने थाहा हुँदैनथ्यो । नशाले छाड्दा उनी कुनै फार्म आउस वा ओछ्यानमा हुन्थिन् । यद्यपि त्यहाँबाट भाग्ने सम्भावना भने ज्यादै कम हुन्थ्यो । कोसिस असफल भएमा मृत्युसमेत हुनसक्थ्यो । त्यसकारण पनि मिनाले भाग्नेबारे सोच्नेबाहेक अरू केही गर्न सकिनन् ।   

*****

रमेशले मिनालाई कोठीमा लगेर बेचेपछि सुरु भयो अझै नारकीय जीवनको सुरुवात । मिना देख्नमा पनि आकर्षक देखिने भएकाले ग्राहकले पनि मिनालाई मात्रै रोज्न थालेका थिए । एकै दिनमा दर्जनौँ ग्राहकको तृष्णा मेटाउन बाध्य हुन थालिन् मिना । बिरामी हुँदा पनि मिनालाई गिजोल्न छाडिएन । काम गर्न सक्दिन भन्दा कोठीको सञ्चालिकाले रमेशलाई फोन गरेर लिन बोलाउँथिन् । अनि रमेशले आफ्नो कोठामा लगेर मिनालाई पिट्ने गथ्र्यो । रमेशको यातनाभन्दा बरु कोठीकै नारकीय जीवन ठीक लाग्थ्यो मिनालाई ।

*****

अनि यसरी पुगिन् कोठीमा...

रमेशले मिनालाई एक महिना आफूसँगै राखेपछि त्यसपछि भने रमेशले पनि मिनालाई फेरि अर्को स्थानमा लगेर बेच्यो । त्यो स्थान थियो, दिल्लीको जीबीरोडस्थित कोठी नम्बर ६४ । जीबी रोड भनेको वेश्यावृत्तिका लागि लाइसेन्स प्राप्त भएको स्थान हो । जीबी रोडमा एकदेखि ७० नम्बरसम्म तल्लो भागमा हार्डवेयर वा अन्य पसल र त्यसमाथिका सबै फ्ल्याटमा कोठी सञ्चालन गरिएको छ ।

जीबीरोडको ६४ नम्बर कोठी मुख्यतः नेपाली युवतीहरु पाउने कोठी हो । यो कोठीमा नेपाली सञ्चालिकासमेत रहेको दाबी गरिन्छ । त्यसकारण पनि यहाँ जाने ग्राहक पनि धेरैजसो नेपाली र भारतीय हुन्छन् भने युवती पनि नेपाली मात्रै हुन्छन् ।


यो कोठीको मुख्य सञ्चालिका भारतीय महिला छिन् भने यहाँ नेपालीहरुको पनि लगानी रहेको छ । यतिसम्म कि राजनीतिक तहमा रहेका एक व्यक्तिको कान्छी श्रीमतीको समेत यस कोठीमा लगानी रहेको यहाँबाट उद्धार गरिएकी एक युवतीले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

रमेशले मिनालाई कोठीमा लगेर बेचेपछि सुरु भयो अझै नारकीय जीवनको सुरुवात । मिना देख्नमा पनि आकर्षक देखिने भएकाले ग्राहकले पनि मिनालाई मात्रै रोज्न थालेका थिए । एकै दिनमा दर्जनौँ ग्राहकको तृष्णा मेटाउन बाध्य हुन थालिन् मिना । बिरामी हुँदा पनि मिनालाई गिजोल्न छाडिएन । काम गर्न सक्दिन भन्दा कोठीको सञ्चालिकाले रमेशलाई फोन गरेर लिन बोलाउँथिन् । अनि रमेशले आफ्नो कोठामा लगेर मिनालाई पिट्ने गथ्र्यो । रमेशको यातनाभन्दा बरु कोठीकै नारकीय जीवन ठीक लाग्थ्यो मिनालाई । मिना बाध्य भएर कोठीमै गएर काम गर्छु भन्थिन् । अनि रमेशले फेरि मिनालाई कोठीमै लिएर आउँथ्यो ।

*****

शृङ्गार पटार गरेर ग्राहकको पर्खाइमा उनीहरु बसिरहेका हुन्छन् । त्यहाँ पुग्ने ग्राहकले मन परेको कुनै युवतीलाई रोज्छ । अनि एक पटक ती किशोरी वा युवतीसँग यौन सम्पर्क गरेबापत ग्राहकले पहिले नै ३ सय ५० रुपैयाँ भारतीय रुपैयाँ तिर्नुपर्छ । युवती छानेपछि साहुनीलाई ३ सय ५० रुपैयाँ तिरिन्छ । अनि युवती लिएर कोठी भित्रकै एउटा सानो बेड भएको कोठामा लगिन्छ ।

*****

....

मिनाले बुझिन् कि काम गर्दिनँ भनेर पनि केही उपाय थिएन । त्यहाँबाट भाग्ने कुनै बाटो पनि थिएनँ । १० कक्षा पास गरेकी मिनाले जुक्ति निकालिन्, साहुनी र ग्राहकसँग राम्रो सम्बन्ध बनाउने अनि ‘नरक’बाट निस्कने उपाय खोज्ने ।

त्यसपछि करिब २ महिना मिनाले साहुनीको मन जित्नेगरी काम गरिन् । कोठी सञ्चालिकाले सायद मिनालाई आदत बस्यो भनेर होला, मोबाइल चलाउन दिइन् । त्यही मौकामा मिनाले आफ्नो बुबालाई रुँदै सबै घटनाबारे बताइन् ।

आफू रहेको ठेगाना सबै बताएपछि मिनाका बुबाले बाँके प्रहरीमा उजुरी दिँदै उद्धारका लागि पहल गरिदिन आग्रह गरे ।

बाँके प्रहरीले युवतीको तस्बिर, युवती रहेको ठेगाना सबै पठाएर त्यहाँबाट उद्धार गरिदिन दिल्लीस्थित आफन्त नेपालको कार्यालयलाई सम्पर्क गर्यो । दिल्लीमा रहेका आफन्त नेपालका कार्यक्रम निर्देशक नवीन जोशीले नेपाली दूतावास, महिला आयोग दिल्ली र दिल्ली प्रहरीको सहयोग लिएर जेबी रोडको कोठी नम्बर ६४ मा छापा मारे । मेकअप गर्दै गरेकी युवती अर्थात् मिना कोठीमै फेला परिन् । अनि आवश्यक मुचुल्का उठाएर मिनालाई उद्धार गरियो ।

नवीन जोशी

जीबीरोडको कोठीबाट मिनालाई उद्धार गरिएपछि एक दिन दिल्ली महिला आयोगको सेल्टरमा राखियो । मिनालाई त्यो नारकीय जीवनबाट जतिसक्दो चाँडो बाहिर निस्कनुथियो, त्यसैले मिनाले भारतमा कुनै पनि उजुरी नदिने कुरा गरिन् । बरु आफूलाई क्षतिपूर्ति दिलाउनुपर्ने कुरा गरिन् । त्यसपछि दिल्ली प्रहरी, दिल्ली महिला आयोग र आफन्त नेपालको पहलमा कोठीबाटै मिनालाई १ लाख भारतीय रुपैयाँ उपलब्ध गराउने सहमति भयो । त्यसबापत कोठी र सञ्चालिका विरुद्ध मुद्दा मामिला नगर्ने सहमति बन्यो । त्यसपछि कोठीबाट एक लाख क्षतिपूर्ति दिलाएर मिनालाई नेपालगञ्ज ल्याइयो ।

उद्धार भएर नेपालगञ्ज आइपुगेलगत्तै मिनाले जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रेमी भनिएका सुनिल थापा भन्ने सुनिल नेपाली र रमेश ठाकुर भन्ने रमेश नेपालीविरुद्ध मानव बेचबिखनको जाहेरी दिएकी छिन् । यद्यपि आरोपीहरु भने पक्राउ परेका छैनन् ।

यस्तो छ कोठी नम्बर ६४

दिल्लीको जीबीरोडमा रहेका कोठीहरु लाइसेन्स प्राप्त कोठी हुन् । यद्यपि त्यहाँ कुनै पनि नाबालिका अर्थात् १८ वर्षभन्दा कम उमेरका किशोरीलाई काममा लगाउन पाइँदैन । त्यसैगरी कुनै युवतीको इच्छाबिना पनि जबर्जस्ती काममा लगाउन पाइँदैन । तर त्यसको अनुगमन भने खासै हुने गरेको छैन ।

हाटबजारमा तरकारी छाने झैँ रोजीरोजी युवती

नेपाली किशोरी वा युवतीहरुलाई विभिन्न बहाना बनाएर दिल्ली पुराउने र कोठीमा बेच्ने गरिएको धेरै उदाहरणहरु छन् । जीबीरोडको कोठी नम्बर ६४ मा करिब ५० जना नेपाली किशोरी र युवतीहरु छन् ।

शृङ्गार पटार गरेर ग्राहकको पर्खाइमा उनीहरु बसिरहेका हुन्छन् । त्यहाँ पुग्ने ग्राहकले मन परेको कुनै युवतीलाई रोज्छ । अनि एक पटक ती किशोरी वा युवतीसँग यौन सम्पर्क गरेबापत ग्राहकले पहिले नै ३ सय ५० रुपैयाँ भारतीय रुपैयाँ तिर्नुपर्छ । युवती छानेपछि साहुनीलाई ३ सय ५० रुपैयाँ तिरिन्छ । अनि युवती लिएर कोठी भित्रकै एउटा सानो बेड भएको कोठामा लगिन्छ । बल्लबल्ल दुईजना छिर्न मिल्ने अँध्यारो कोठामा केही समय युवतीसँग समय बिताएपछि बाहिर निस्कन्छन् । त्यो ग्राहकको समय त सकिन्छ, तर कोठीमा रहेका युवतीहरुले २४ सै घण्टा यस्तै ग्राहकहरुका लागि काम गर्नुपर्ने हुन्छ । कोठीको दैनिकी यही नै हो ।

पुराना युवती भए उनीहरुलाई मोबाइल बोक्ने र बाहिर जाने छुट पनि छ । तर युवती नयाँ हो र भर्खरै मात्र कोठीमा ल्याइएको हो भने उनीहरुलाई त्यो कोठीको अँध्यारो कोठाबाट बाहिर निस्कने अनुमतिसमेत हुँदैन । उनीहरु नारकीय जीवन बिताउन बाध्य हुन्छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...